प्रचण्डसित मेरो सम्बन्ध

हाम्रा सहयोद्धाहरूलाई अहिले अध्यक्ष कमरेडसँग मेरो सम्बन्ध के हो र हेडक्वार्टरप्रति मेरो सम्बन्ध के हो ? भन्ने गम्भीर प्रश्नले उद्धेलित बनाएको पाएको छु । कमरेड प्रचण्डप्रति मेरो धारणा के हो मैले यस किताबमा दुई भागमा बाँडेको छु । उहाँको र मेरो सम्बन्ध वस्तुगत ऐतिहासिक विकासका क्रममा विकसित भएको हो । त्यो वस्तुगत जगत् र इतिहासबाट पृथक रहेर हेर्दा मेरो लिडर, कमान्डर भनेको अध्यक्ष हो भन्ने सिधा देख्न सकिन्छ । तर, इतिहासलाई केलाएर हाम्रो सम्बन्ध हेर्नुभयो भने यति मात्र छैन । हाम्रो सम्बन्ध एउटा कम्युनिस्टको सम्बन्ध छ । कमरेडको सम्बन्ध छ । एउटा आत्मीय सम्बन्ध छ । त्यसकारण यो जो सम्बन्ध हो एकतिरबाट हेर्दा हामी तल र माथि छाँै, अर्कोतिरबाट हेर्दा हामी एउटै ठाउँमा छाँै । एकातिरबाट हेर्दा अर्को छुट्ने अर्कातिरबाट हेर्दा एउटा छुट्ने । यो विगतमा हुँदै आयो । हाम्रो जो एउटा कम्युनिस्ट, आत्मीय, कमरेडको सम्बन्ध हो । हाम्रो सम्बन्धले कतिसम्म भयो भने हाम्रा श्रीमतीहरू पनि इष्र्यालु भए । हामीले सफलतामा धेरै हर्ष मनायौँ र हाम्रो विफलतामा हामी रातभरि रोयौँ । हामीले जनयुद्ध, नयाँ पार्टी, नयाँ सेना, नयाँ मोर्चा कसरी निर्माण गर्ने भनेर सिरानचोकमा तालिम गर्‍यौँ, मनाङ पुग्यौँ । हामीले सिस्ने जलजलाको भीरमा गोरेटो कोर्ने कोसिस गर्‍यौँ । भीमसेन नगरदेखि मात्र होइन, रामपुर, कर्णालीको किनारदेखि सम्बन्ध सुरु गर्‍यौँ । त्यसयता कम्युनिस्ट संगठन, अध्ययन मण्डल हुँदै यहाँसम्म आइपुगेको छ । यो हाम्रो व्यक्तिगत सम्बन्ध मात्र होइन, कस्तो कम्युनिस्ट पार्टी बनाउने भन्ने कुरामा माक्र्स र एंगेल्सजस्तो सम्बन्ध स्थापित गर्न खोजेका थियौँ । (एंगेल्स भनेर मैले आफूलाई भन्न खोजेको होइन) ।
अहिले २१औँ शताब्दीको पार्टी बनाउने कुरा छ । माक्र्स एंगेल्सको समय १९औँ शताब्दीको हो । यसलाई औपचारिक रूपमा मात्र हेर्ने हो कि अथवा अनौपचारिक रूपमा हेर्ने कि कम्युनिस्ट आधारमा ? हामीले त्यसलाई संगठनका आधारमा मात्र हेर्ने कि हाम्रो कम्युनिस्ट विचारका आधारमा हेर्ने हो ? एउटा सर्वहाराबीचको सम्बन्धलाई यो २१औँ शताब्दीमा कसरी परिभाषित र विकास गर्न जरुरी छ भन्ने सवाल खडा भएको छ । छोटोमा भन्दा यो रिलेसनमा मैले जुन भूमिका खेल्नुपर्ने हो, त्यहाँ मैले के त्रुटि गरेँ ? के कमजोरी गरेँ, म त्यो कमजोरी, त्यो गल्तीलाई आत्मसमीक्षा र एउटा ऐतिहासिक आत्मालोचना गर्न यो कठघरामा उभिएको छु । आज म इतिहासको अगाडि त्यो बयान दिँदै छु । मलाई लाग्छ, एउटा कमान्डरले आºनो सिपाही र फर्मेसनबाट के अपेक्षा गर्छ भने कमान्डरको आदेशलाई नि:सर्त पालना गरोस् । आदेश दिएपछि त्यो मर्न नहिचकिचाओस् भन्ने अपेक्षा गर्छ । सारमा यही हो ।
अर्कातिर हाम्रो सम्बन्धलाई हेर्दा मैले कमान्डरलाई जित्न खोजँे । किनकि, एउटा सिपाहीले जब कमान्डरको आदेश मान्दैन अथवा त्यो आदेशप्रति उदासीन हुन्छ भने त्यो सिपाहीले कमान्डरलाई जित्न खोजेको हुन्छ । मैले कमान्डरलाई जित्न खोजँे । त्यो मेरो नियतले होस् या अज्ञानताले होस् । त्यहाँबाट समस्या पैदा भयो । त्यसले पनि आँसु बगायो । मैले कमान्डरको अगाडि हार्नुपथ्र्यो । मैले नि:सर्त आदेशको पालन गर्नुपथ्र्यो । सायद मैले गरिनँ । त्यसकारण मैले कमान्डरलाई जित्न खोजँे, म हारेँ । म त्यो हार स्वीकार गर्छु यो इतिहासको कठघरामा उभिएर । र, म मेरो कमान्डरलाई जित्न चाहन्छु । तर, म जितेर होइन कि, हारेर जित्न चाहन्छु । त्यसकारण म आºनो कमान्डरसमक्ष आज आºनो हार स्वीकार गर्छु । म मेरो कमान्डरको जितमा उहाँलाई मुठ्ठी उठाएर सलाम गर्छु ।
कमरेडहरू, सायद म अलि भावनाको उत्कर्षमा आएँ । तर, मलाई लाग्छ, मैले सही गरिराखेको छु । कमरेडहरू, मेरो यति मात्रै कमजोरी छैन । म अझ बढी कमजोरी स्वीकार गर्न चाहन्छु । हामीले यो पार्टी निर्माण र क्रान्तिको सुरुआत गर्ने क्रममा एक–अर्काबीच वाचा गरेका थियौँ कि दुनियाँका सबै जल्लादले जतिसुकै आँधीबेहरी सृष्टि गरे पनि हाम्रो यो आत्मीयता र सम्बन्ध कहिल्यै टुट्ने छैन । हामी सिद्धिने छौँ तर हामी झुक्ने छैनाँै, टुट्ने छैनौँ । हामीले गरेका वाचा पटक–पटक स्मरण पनि गरेका हौँ । तर, कमरेडहरू हुरी आयो, तुफान आयो र ती हुरीबतासले हामीमा दरार पैदा गर्‍यो । त्यो दरारबाट धेरै धमिरा पसे र आज हाम्रो पार्टी, सम्बन्धमा धमिरा लागेको जस्तो भयो । त्यो पूरा भत्किएको, ध्वस्त भएको त छैन तर धमिरा पस्यो त्यो दरारबाट । मलाई लाग्छ, त्यसमा मेरो मुख्य कमजोरी रह्यो । मैले कमरेड प्रचण्डलाई भन्ने गर्थें, म उचाइ होइन कमरेड, म शिखर होइन । म शिखर हुन चाहन्न र मेरो त्यो विशेषता पनि होइन । म त आधार हँु कमरेड । म त एउटा जग हँु । सायद त्यो उचाइलाई कायम राख्न जग मजबुत हुनुपथ्र्यो । जग मजबुत भएन भने उचाइको अर्थ रहँदैन । त्यो गल्र्यामगुर्लुम ट्वीन टावरजसरी ढल्छ । त्यो उचाइ धेरै भयो भने जग भासिन्छ । विडम्बना, हाम्रो सम्बन्धमा एउटा चिज धमिरा बनेर घुस्यो । त्यहाँ लिनप्याओ घुस्यो । हाम्रो सम्बन्ध अब होक्जा र लिनप्याओको भयो वा बनाइदिए । साँच्ची यो हो त ? होक्जा र लिनप्याओ को हो त ? इतिहासका तथ्यहरूले साबित गर्छन् । हामी होक्जा  हाँै ? लिनप्याओ हो त म ? मैले कमरेड अध्यक्षको सत्ता उल्ट्याउन खोजेकै हो त ? मैले इतिहासमा यसको जवाफ दिनुपर्छ । र, म त्यो जवाफ दिन यहाँ उभिएको छु । मैले आºनो आत्मीयलाई सिध्याउन उहाँसँग मितेरी गाँसेको होइन । कुनै पनि तथ्यले त्यो पुष्टि गर्दैन । तर, कमरेड किन हामीबीचमा कुरो मिल्दैन त ? किन शंकाहरू रहन्छन् त ? इतिहासलाई यो प्रश्न मेरो पनि हो । म पनि त जनता हँु, म नेता मात्र होइन । जनता र नेताको ºयुजन हुँ । म जनताको हैसियतले यहाँ उपस्थित नेताहरूलाई सोध्छु, के म लिनप्याओ हो त ? इतिहासले यो जवाफ दिनुपर्छ ।
आजको २१औँ शताब्दीका जनताले जवाफ दिनुपर्छ । कमरेड अध्यक्ष होक्जा नै हो त ? त्यो जवाफ दिनुपर्छ । यो जवाफ नदिईकन हामी अगाडि बढ्न सक्दैनौ । यो सम्बन्धको मैले ऐतिहासिक समीक्षा गर्दा म एउटा मगर जातिबाट आएँ कमरेड । मगर भएर जन्मन मेरो इच्छा थिएन । मगर भन्ने एउटा जाति हो । जनताको एउटा हिस्सा हो । र, यो मगर जातिको परिवेश र संस्कारसहित म आएँ । तपार्इं
(अध्यक्ष प्रचण्ड) एउटा ब्राह्मण परिवारमा जन्मेर आउनुभयो । ब्राह्मणमा जन्मिन्छु भनेर जन्मेको होइन । त्यो ऐतिहासिक परिवेश र संस्कारसहित आउनुभयो । र, यहाँ इतिहासले हामीलाई नारायणी किनारमा मिलन गराइदियो । एउटा कम्युनिस्टका रूपमा हाम्रो त्यहाँ ºयुजन भयो ।
ज्ञान र चेतनाको हिसाबले माक्र्सवादले सत्ता र नेतृत्व चाहिन्छ, एउटा संक्रमणकालीन सत्ता हुनुपर्छ भन्छ । त्यो चेतनाको हिसाबले म सहमत छु । त्यही हो माक्र्सवाद । तर, मेरो संस्कारले मलाई पछाडि तान्छ । सायद मेरो संस्कार र चेतनाबीचको अन्तरविरोध यहाँनेर छ । सत्ता र नेतृत्वको महत्त्व बुझ्ने कुरामा तपाईंं मभन्दा अगाडि हुनुहुन्छ । यो इतिहासले पुष्टि गरेको कुरा हो । तर, त्यसको महत्त्वलाई अति जोड दिँदा त्यो सर्वसत्तावाद र नोकरशाहीमा जान्छ । त्योसँग कम्युनिस्ट सम्बन्ध हुन सक्दैन । र, अर्को मेरो संस्कारले मानौँ यहाँ साम्यवाद आइसक्यो, जम्मै यहाँ गौप्राणी भए सबै हामी बराबर हौँ भन्ने सोचाइ राख्छ । यतातिरबाट हेर्दा त्यो एकदम उग्रजस्तो देखिन्छ । मैले एकैचोटि साम्यवादमा पुगेर त्यहीँ डिल गर्न खोजे । अहिले तात्कालिक अवस्थाबाट हेर्दा म पछि परेँ त्यहाँ । नेतृत्वसम्बन्धी अवधारणामा अथवा त्यसको प्रयोगमा मेरा कमजोरी रहेकाले यी शंकाहरू पैदा भए । जस्तो गोरखा मिटिङको बारम्बार कुरा आउँदा मैले गोरखा मिटिङमा लिडरसिपको विरोध गरे । मैले मन्दताको कुरा गरँे तीव्रताको गरिनँ । पटक–पटक लिनप्याओ गोरखा सिटिङबाट पुष्टि हुन्छ । त्यताबाट अझ सिज अभियानमा पनि आउँछ । यो एउटा शृंखला बनेको छ । साँच्चै त्यस्तै हो कि यो कृत्रिम हो ? यो अवसरवादी शृंखला हो कि यो क्रान्तिकारी हो ? मभित्र के अन्तरविरोध छ ? मैले यहाँ आत्मसमीक्षा गर्न खोजेको हो । मभित्र भएको कमजोरीलाई उल्लेख गर्न खोजेको हो । गोरखा सिटिङको, यो हाम्रो फर्मल रिलेसन र एउटा इन्फर्मल सम्बन्ध, एउटा कम्युनिस्ट रिलेसनबीचको डाइलेक्टिक्सलाई मैले राम्रोसँग हेन्डल गर्न सकिनँ । धेरैलाई लाग्छ किन यसले चाहिँ लिडरसिपको कुरा उठाउँछ ? हैन, मैले त मानिराखेकै छु, सहयोग गरिराख्या छु । सायद यसको बुझाइमा उहाँ (प्रचण्ड) ले मलाई बुझाउन नसक्ने र मैले उहाँलाई बुझाउन नसक्ने भएको होला । उहाँले त्यहाँ कुरा उठाउनुभएको थियो, त्यसमा मैले साथ दिनुपथ्र्यो । यहाँ विनम्रतापूर्वक के भन्नुपर्छ भने लिडरसिपसम्बन्धी प्रश्नमा मैले कमरेड प्रचण्डका लागि जुन भूमिका खेल्नुपथ्र्यो त्यो सचेत वा अचेत संस्कारको कमजोरी या मेरो प्रवृत्तिको कमजोरीले खेल्न सकिनँ । म उक्त कमजोरी नयाँ उचाइका साथ हटाउने कमरेड प्रचण्डलाई विश्वास दिलाउन चाहन्छु । म कमरेड अध्यक्षको अपेक्षामा अधिकतम खरो रूपमा उत्रिने प्रयास गर्नेछु । र, कमान्डरको हरेक आदेशलाई नि:सर्त पालन गर्ने संकल्प लिन चाहन्छु ।
(एमाओवादीको चुनवाङ बैठकमा रामबहादुर थापाले दिएको मन्तव्यको सम्पादित अंश । पत्रकार नेत्र पन्थीको सोमबारदेखि बजारमा आउने पुस्तक ‘माओवादी अन्तर्संघर्ष’ बाट साभार ।)

प्रतिक्रिया