युनिक नेपाल एकेडेमीमा कक्षा दुईमा पढ्छिन् अनामिका पौडेल । प्ले–ग्रुपदेखि नै यही स्कुलमा भर्ना भएकी हुन् । कक्षामा दोस्रो स्थानमा छिन् उनी । निशा, प्रियंका, सञ्जिता, अनिशा र गरिमा उनका मिल्ने साथी हुन् । चित्र कोर्न, पौडी खेल्न, बास्केटबल खेल्न मन पराउँछिन्, अनामिका । स्कुलले पौडी खेलाउन उनीहरूलाई वर्षको दुईपटक पुलिस क्लबमा लान्छ रे † उनका बुबा कामको सिलसिलामा काठमाडौंबाहिर बस्नुहुन्छ । घर आएका बेला उनलाई बुबाले चिडायाखाना, स्वयम्भू, बनेपा, घुमाउन लैजानुहुँदो रहेछ । घरपालुवा जनावरमा कुकुर मन पराउँछिन् अनामिका । उनीहरूको घरमा पनि छ, कुकुर । अनामिकाकी ममीले त्यसको नाम मक्कु राखिदिनुभएको छ । अनामिकाले चाहिँ त्यसलाई आºनो थर पनि थपिदिएकी छन्, मक्कु पौडेल भनेर । फुर्सदमा मक्कुसँग खेल्छिन् उनी ।
उनको मावली बनेपा हो । मावलीका परिवार बनेपा, धुलिखेल अनि इन्डियामा पनि बस्छन् रे † फलफूलमा केरा र अंगुर मन पराउँछिन्, खसीको मासु खान रुचाउँछिन् उनी । नाच्न पनि निकै मन गर्छिन् । एक कक्षामा पढ्दा स्कुलमा भएको म्युजिकल चियर खेलमा उनी प्रथम भएकी थिइन् । बेलामा होमवर्क गर्नुपर्छ, पढ्न अल्छी गर्नु हुँदैन भन्छिन् । समय मिलाई टेलिभिजन पनि हेर्छिन्, निक उनको फेबरेट च्यानल हो । त्यसमा आउने कार्टुन हेर्न पाउँदा निकै रमाउँछिन् । ‘मलाई मेरो कपाल पनि परीको जस्तै बनाउन मन लागेको छ’, उनले भनिन् ।
अनुशासित छिन् अनामिका । ठीक समयमा ठीक काम गर्छिन् । जिज्ञासु स्वभावकी छन् । यसै कारण अभिभावक र साथीहरूको खुब माया पाएकी छिन् ।
प्रतिक्रिया