बाढी पहिरोले म्याग्दीका आधा दर्जन घरमा क्षती

म्याग्दी, २९ असार । म्याग्दी जिल्लामा परेको अविरल बर्षाका कारण विभिन्न गाविसमा क्षती पुगेको छ ।
डोबा गाविसमा आज बिहान आएको बाढीले पाँच घर बगाएका छन् । डोबा–५ का श्रीबहादुर गरबुजाको घर पहिरोले पुरिएको छ । डोबाको बगरमा दुई, चुनारीमा एक र भुरुको कटुञ्जेमा एक घर बाढीले बगाएको छ ।
बाढीले कृष्ण प्राथमिक विद्यालयमा क्षति पुराएको, हिरकाटमा रोकी राखिएको घ १ क ५० नम्बरको ट्रक बगाएको छ । दोबागोलामा पनि बाढीले गोठमा रहेका पशुहरूसमेत बगाएको प्रहरीले जनाएको छ ।
उता, तातोपानी–९ स्थित मुरुङ खोलामा आएको बाढीले म्याग्दी–जोमसोम सडकखण्ड जोडने मुरुङ खोलाको २० मिटर लामो ढलान पुलपनि बगाएर क्षती पुराएको छ ।
उता, घट्टेखोलामा पानी बढेका कारण रुप्से छहारीमा बाटो अवरोध भएको छ । पानीले बाँदरढुंगे, नैनीवगर, भिरकोटमा पनि पहिरो गएर बाटो अवरोध भएको छ । मान्दे्र ढुंगा भन्ने ठाँउमा पहिरोले गाँउ जोखिममा परेको छ ।
बाढी पहिरोले तातोपानी–४ बस्ने गोपाल बुर्जाको टिनले छाएको घर र तातोपानी–६ बस्ने सविन बुर्जाको ढुंगाले छाएको घरमा क्षती पुगेको छ ।
त्रिभुवन राजपथ अवरुद्ध
उता, मकवानपुरमा लगातारको वर्षाका कारण त्रिभुवन राजपथको हेटौंडा–भैसे सडक खण्ड अबरुद्ध भएको छ । बाघझ्वरामा आएको बाढीका कारण राजपथ अवरुद्ध भएको हो ।
बर्षा सँगै आएको भेलका कारण हेटौंडाबाट काठमाडौं चल्ने पाँच सय बढी सवारी साधन मकवानपुरको उत्तर क्षेत्रमा अबरुद्ध भएका छन् ।

प्रतिक्रिया