तीन महिनासम्म यातायात बन्द

रुकुम, २९ असार । सल्यान सल्लीबजारदेखि रुकुम चौरजहारीसम्मको यातायात सेवा तीन महिनाका लागि बन्द गरिएको छ । वर्षातको समयमा सडक छेउछाउमा पहिरो र सडकमा खाल्डाखुल्डी परेपछि यातायात व्यवसायीले तीन महिनाका लागि यातायात सेवा बन्द गरेको स्थानीय शेरप्रसाद ढकालले बताए ।

यातायात सेवा बन्द भएपछि रुकुम, सल्यान, जाजरकोट, डोल्पाका सर्वसाधारण चौरजहारीबाट सल्लीबजारसम्म हिँडेर यात्रा गर्न बाध्य भएका छन् । चौरजहारीबाट सल्लीबजार पुग्न पैदल यात्राबाट आठघण्टा लाग्छ । बिरामीहरूलाई समेत स्ट्रेचरमा राखेर सल्लीबारसम्म लैजाने गरिएको छ ।

प्रतिक्रिया