पूर्वाञ्चल आइडलको पहिलो एल्बम

काठमाडौं : २०६५ सालका पूर्वाञ्चल आइडल पुष्प किरातीको पहिलो एल्बम निमिषा जीवनको एक पल लिएर सांगीतिक बजारमा भित्रिएका छन् । आर्थिक अभावका कारण पहिलो एल्बम ल्याउनै यतिको समय लागेको उनले बताए । भने– ‘एल्बम ल्याउने योजना भने पूर्वाञ्चल आइडल हुनेबित्तिकै नै शुरु गरेको थिएँ । एल्वममा गायक किरातीसहित कृष्ण मगर, सागर थापा, रविन्द्र भट्टराई, रोशन मगर, पावल चाम्लिङको संगित छ भने प्रमोद भट्टराई, सागर थापा, रवीन्द्र भट्टराई, रोशन मगर, अर्जुन चापागाईंको शब्द रहेको छ । (सौस)

प्रतिक्रिया