चट्याङले लागेर दुईको मृत्यु

मोरङ, २७ असार । चट्याङ लागेर मोरङमा आज दुई जनाको मृत्यु भएको छ भने एक जना प्रहरी सामान्य घाईते भएका छन् ।
बिराटनगर उपमहानगरपालिका–१८ बस्ने बुद्धनगर–२, धुनीबस्तीका २३ बर्षीय बिक्रम गुरुङ्गको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आजै विहान बिराटनगर–१५ बस्ने ५५ बर्षीय शिवजी यादवको पनि आप्mनै खेत जोत्ने क्रममा अचानक परेको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङले लागेर उनीको एउटा गोरुको मृत्यु भएको छ ।
त्यसै गरेर गएराति परेको चट्याङले क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको एच.एफ सेट र यु.एच.एफ बेश सेटमा समेत क्षती पुराएको छ । हवल्दार चुडामणी प्रधानलाई बाँया हातमा चट्याङको सामान्य झटका लागेको प्रहरी भनाई छ ।

प्रतिक्रिया