जंगली च्याउ खाएर १४ जना असक्त

काठमाडौं, २७ असार । काठमाडौं र तनहुँमा जंगली च्याउको तरकारी खाँदा १४ जना गम्भीर विरामी परेका छन् ।
काठमाडौंको बाणभन्ज्याङ–९ मा डेरा गरी बस्ने रोल्पा जिल्ला गाम–१ घर भएका एकै परिवारका ७ जना च्याउ खाएर असक्त भएको प्रहरीले जनाएको छ । तनहुँमा दुई र काठमाडौंका जना विरामीको अवस्था गम्भीर रहेको छ ।
मंगलबार विहान ९ बजे जंगली च्याउ पकाएर खाँदा असक्त हुनेमा ५५ बर्षीया हरिकला घर्ती, २ बर्षीया बिनिता घर्ती, ३२ बर्षीय अमन घर्ती, ५ बर्षीया ललिता घर्ती, २० बर्षीया गंगा घर्ती, ५० बर्षीय हर्क बहादुर घर्ती र १० बर्षीय पुष्पलाल घर्ती रहेका छन् ।
उनीहरुलाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कलंकीमा भर्ना गरिएको छ । उनीहरु मध्ये हरिकला घर्ती र विनिता घर्तीको अवस्था गम्भीर रहेको प्रहरी भनाई छ ।
उता, तनहुँको बन्दीपुर–५ मा जंगली च्याउको तरकारी खाँदा लक्ष्मण भुजेलका ७ जना परिवार विरामी परेका छन् ।
मंगलबार बेलुका बिषालु जंगली च्याउ खाएर असक्त भएका उनीहरुको बन्दीपुर अस्पतालमा उपचार भईरहेको छ । ५ जना सामान्य उपचार पछि घर फर्केका छन् ।
गम्भीर अवस्थाका २ जनालाई थप उपचारका लागि गण्डकी अंचल अस्पताल पोखरा लगिएको छ

प्रतिक्रिया