प्रतिपक्षी नेतृको पद ग्रहण

नाइपिद्वा : म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले सोमबार म्यानमारको संसद्मा प्रमुख प्रतिपक्षी दलको नेताको पद ग्रहण गरेकी छिन् । म्यानमारको प्रजातान्त्रिक एवं राजनीतिक इतिहासमा यसलाई ठूलो उपलब्धिका रूपमा लिइएको छ । पद धारण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ सुकीले मुलुक र प्रजातन्त्रको रक्षाका लागि आफूले जतिसक्दो योगदान पुर्‍याउने बताइन् । सुकीलाई म्यानमारको सैनिक सरकारले सन् ०११ म नजरबन्दबाट मुक्त गरेको थियो । त्यसपछि भएको संसद्को उपनिर्वाचनमा उनले अत्यधिक बहुमत प्राप्त गरी सांसद् पदमा विजयी भएकी थिइन् ।
सैनिक सहयोग प्राप्त वर्तमान सरकारले राजनीतिक सुधारको कार्यपछि दशकौँसम्म लगभग बाहिरी विश्वबाट एक्लिएर रहेको म्यानमारप्रति विश्वले कुटनीतिक हात बढाउन थालिसकेका छन् । यसैक्रममा अमेरिकाले पनि म्यानमारमा पाँच दशकपछि पहिलोपटक राजदूतावास खोलेको छ । विश्लेषकले अमेरिकाले राजदूतावास खोलेपछि अन्य पश्चिमा राष्ट्रहरूले पनि म्यानमारमा राजदूतावास खोल्नसक्ने अनुमान गरेका छन् । राजनीतिक सुधारकै क्रममा म्यानमारले कैयौँ राजबन्दी पनि रिहा गरिसकेको छ । यो कार्यपछि अमेरिकाले पनि म्यानमारको यो कदमको समर्थन गरेको थियो । सन् १९९१ मा म्यानमारमा भएको आमनिर्वाचनमा नेतृ सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले दुईतिहाइ बहुमत ल्याएको थियो । तर पनि उहाँलाई सरकार गठन गर्न नदिई देशमा सैनिक शासन सुरु भएपछि विभिन्न राष्ट्रले म्यानमारसँग कूटनीतिक सम्बन्ध तोडेका थिए । (एएफपी)

प्रतिक्रिया