प्रकाश राज्य समितिबाट निलम्वित

काठमाडौं, २५ असार । एकीकृत माओवादीले अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाललाई नेवाः राज्य समितिको सदस्य पदबाट निलम्वन गरेको छ ।
पार्टी मुख्यालय कोटेश्वरमा आज बसेको एमाओवादीको पोलिटब्युरो बैठकले प्रकाशलाई लागेका आक्षेपहरुका विषयमा छानविन गर्न सजिलो होस भनेर सदस्य पदबाट निलम्वन गरिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । उनले भने, ‘पत्रपत्रिकामा प्रकाश दाहालका सम्बन्धमा आएका समाचार तथा उनका विषयमा छानविन र अनुसन्धन गर्न सजिलो होस भनेर सदस्य पदबाट निलम्बन गरेका छौं ।’
प्रकाश दाहाल र विना मगरवीचको प्रेम सम्बन्धका कारण उनीहरु पारिवारिक सम्पर्क भन्दा बाहिर रहेका समाचारहरु प्रकाशित भएपछि एमाओवादीले प्रकाशलाई निलम्वन गरेको हो । विना सरस्वती क्याम्पसकी स्ववियु सपभाति हुन् । उनीहरु वीच सगरमाथा आरोहणका समयमा प्रेम सम्बन्ध बढेको थियो ।
यसैवीच, अध्यक्ष दाहालले ३८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन बैठकमा पेस गरेका छन् । उनले साउनको पहिलो साता सुरु हुने राष्ट्रिय भेलाका लागि तयार पारेको सो प्रतिवेदन पोलिटब्युरोमा प्रस्तुत गरेका छन् ।
प्रतिवेदनमा पार्टीको राजनीतिक कार्यदिशा, समयसामयिक विषय, संविधानसभा विघटन, पार्टी विभाजन, महाधिवेश लगायतका विषय समेटिएका छन् ।

प्रतिक्रिया