पत्रकार पौडेलको निधन

काठमाडौं, २५ असार । नेपाल प्रेस युनियनकी निवर्तमान केन्द्रीय सदस्य शान्ता पौडेलको आज निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित पौडेलको ३९ बर्षको उमेरमा दाङमा निधन भएको हो । उनका पती र एक छोरा छन् । विभिन्न सञ्चारमाध्यममा काम गरिसकेकी पौडेलको निधनले युनियनलाई ठूलो क्षति पुगेको जनाएको छ ।
दाङको घोराहीस्थित ईन्द्रेणी एफ.एम.मा समाचार सम्पादकको जिम्मेवारी सम्हालिसकेकी पौडेल कांग्रेस १२ औं महाधिवेशनमा प्रेस युनियनका तर्फबाट महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएको युनियनले जनाएको छ ।

उनका पती रामप्रसाद पौडेल हाल नेपाल प्रेस युनियन दाङका अध्यक्ष समेत छन् ।

प्रतिक्रिया