दलित आमाछोरी नै बलात्कृत

रौतहट, २५ असार । गम्हरिया पर्सा–१ मा दलित परिवारका आमाछोरी नै बलात्कृत भएका छन् ।स्थानीय सञ्जीव पटेलसहितको समूहले शुक्रबार राति एक महिला उनकी १४ वर्षीया छोरीलाई जबर्जस्ती गरेको पीडितले आरोप लगाएका छन् ।

बुहारी र नातिनी बलात्कृत भएपछि समाजमा इज्जत गुम्ने डरले चुपचाप बसेका पीडितका ससुराले पीडकलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय गरुडामा निवेदन दिएका छन् । उनले पीडकहरूको मनोबल बढेर थप त्रास देखिएपछि प्रहरीमा पुगेको बताए ।
इलाका प्रहरी कार्यालय गरुडाका निरीक्षक ललन कुर्मीले पीडितलाई स्वास्थ्यजाँचका लागि जिल्ला अस्पताल गौर पठाइएको बताए । घरमा कोही नभएको मौका छोपी पटेलको समूहले जबर्जस्ती करणी गरेको पीडितले बताएका छन् ।
डिएसपी चक्रबहादुर सिंहले पीडितको निवेदन आएकोले पीडक पटेललाई पक्राउ गर्न प्रहरी पठाइएको जानकारी दिए ।

प्रतिक्रिया