‘कुनै प्रधानमन्त्री पनि व्यवसायीमैत्री भएनन्’

सुरेन्द्रवीर मालाकार संगठित उद्योग व्यवसाय क्षेत्रमा स्थापित नाम हो । उनले व्यवसाय गरेरे कमाउनेतिर मात्र लागेनन् । सम्पूर्ण व्यवसायीहरूको सुरक्षाका लागि चिन्ता गर्ने र उनीहरूका समस्यालाई देशविदेशव्यापी रूपमा उठाउने काम पनि मालाकारले गरे । यद्यपि यसरी नेतृत्व गर्दा उनको व्यवसाय जीर्ण पनि बन्नपुग्यो । काठमाडौंको क्षेत्रपाटीमा जन्मेका मालाकार नेपाल चेम्बर अफ कमर्सको नेतृत्वमा लामो समयसम्म डटेर बसे । देशको वर्तमान आर्थिक नीति देख्दा यिनलाई पटक्कै चित्त बुझ्दैन । यसै सेरोफेरोमा सौर्यकी चमिना भट्टराईले गरेको कुराकानी :

यावसायिक क्षेत्रमा कसरी लाग्नुभयो ?
–व्यवसाय हाम्रो पुख्र्यौली पेसा नै हो । मेरा बाबुबाजे यसै क्षेत्रमा लागेकाले हामीले पनि उहाँहरूको बिँडो थाम्यौँ । हिजो बाबुबाजेले सुरु गरेको व्यवसायलाई हामीले परम्परागत रूपमा चलायौँ । आज मेरा छोराले आधुनिक शैलीले सम्हाल्दैछन् । पहिले हामीले औषधिको व्यापार गर्‍यौँ । पछि समय र परिस्थितिसँगै हाम्रो व्यवसायमा अन्य कम्पोनेन्ट थपिंदै गए र व्यवसाय फराकिलो हँदै गयो । धरै प्रकारका व्यवसाय गर्‍याँै हामीले । पहिले र अहिलेको व्यवसाय गर्ने शैलीमा आकाश–जमिनको फरक छ । पहिले गुणस्तरबारे बढी ध्यान दिए पुग्थ्यो, बजारमा अहिलेजस्तो कडा प्रतिस्पर्धा थिएन । अहिले त्यतिले मात्रले पुग्दैन । मार्केटिङका विभिन्न ट्रिकहरू पनि सँगसँग चाहिन्छन् ।
अहिले कतिवटा व्यवसाय सञ्चालनमा छन् त ?
–हाम्रो लगानीमा सञ्चालन गरिएका आठ–दसवटा व्यवसाय छन् । तीमध्ये धैरैजसो छोराले नै हेर्छ । पछिल्लो समय मैले धैरै समय दिन सकेको छैन । चेम्बर अफ कमर्सको अध्यक्ष भएपछि धैरै समय संस्था निर्माण र सञ्चालनमै बित्यो ।
हिजो आफूले अपनाएको कार्यपद्धति र आजमा कस्तो भिन्नता पाउनुभएको छ त ?
–हिजोको काम गर्ने पद्धति हेर्दा हामी त अन्धकारमा पो काम गरेका रहेछौँ भन्ने लाग्छ । तथापि हामीले देशको हावापानी सुहाउँदो नै गरेको थियौँ । आज प्रविधिका कारण छोटो समयमा धैरै काम गर्न सक्छौँ । तर, आजको अस्थिर राजनीतिक वातावरणका कारण भने व्यवसायीलाई बाधाअड्चन मात्र छन् । व्यवसायीले स्वतन्त्र रूपमा नभई चाकडी र चाप्लुसीका भरमा काम गर्नु पर्ने अवस्था छ । देश कता जाँदै छ भनेर अत्तोपत्तो पाउँदैनाँै । हामी व्यवसायीहरू अत्यन्तै जटिल अवस्थामा व्यवसाय सञ्चालन गर्नुपर्ने अवस्थामा छौँ ।
भनिन्छ, व्यावसायिक संस्थाहरू पनि पार्टीहरूका पछि लाग्छन्, तपाईं के भन्नुहुन्छ ?
–व्यवसायिक क्षेत्र आफ्नो काम छाडेर पार्टीका पछि लाग्न थाल्यो भने स्वाभाविक रूपमा त्यस्तो टिप्पणी हुन्छ । तर, यो आरोप पूर्ण रूपमा सत्य भने होइन । कोही कहीँ कुनै रूपमा पार्टीका नजिक हुन सक्छ तर संस्थाले लिने संस्थागत निर्णय नै प्रमुख हुन्छ । मलाई लाग्छ व्यवसायी संस्थाहरू चाहे उद्योग वाणिज्य महांसघ होस् वा चेम्बर अफ कमर्स, स्वतन्त्र रूपमा क्रियाशील छन् । हिजो राजतन्त्रको अवस्थामा पनि ती स्वतन्त्र थिए, आज गणतन्त्र मा पनि स्वतन्त्र नै छन् । हामीले निजी क्षेत्र स्वतन्त्र हुनु पर्छ भनेर लडिराखेको हो र आज पनि हाम्रो त्यो लडाइँ जारी नै छ । स्वतन्त्र व्यवासायीमाथि विभिन्न खालका दबाब भने नभएका होइनन् ।
किन त्यस्तो भएको होला ?
–अस्थिर राजनीतिक अवस्था र सरकारको व्यवसायमैत्री सोच नभएकाले नै यस्तो भएको हो । मूल कुरा सरकार सञ्चालन गर्ने व्यक्तिको दृष्टिकोणमा भर पर्छ । मैले पञ्चायतकालदेखि आजसम्म धैरै प्रधानमन्त्रीहरूलाई नजिकबाट हेर्ने मौका पाएको छु । मैले अनुभव गरेसम्म देशको मेरुदण्ड मानिएको आर्थिक क्षेत्रलाई संरक्षण गर्ने भावना भएको प्रधानमन्त्री कोही पनि देखिएन । उद्योगधन्दा सञ्चालन गर्दा झमेला नै झमेला आइलाग्ने अवस्था छ । सरकारको अस्पष्ट नीतिका कारण आफ्नै संपत्ति सञ्चालन गर्न पनि अरूको दबाब खेप्नुपर्ने अवस्था छ । यस्तो अवस्था कायम रहेसम्म नेपालको उद्योगधन्दामा पलायन हुने अवस्था सुरु भइसकेको छ । सरकारले व्यवसायीको सुरक्षाका लागि प्रष्ट नीति नबनाएसम्म यस्तै भइरहन्छ ।
कहिलेसम्म रहला त यस्तो अवस्था ?
–संविधान बन्ला, गरीखाने वातावरण बन्ला भन्ने आशा थियो । संविधान बन्नै नसकेपछि एकप्रकारले त्यो हरायो । संघीयतामा जाँदा मुलुकको अर्थतन्त्रले धान्न सक्छ वा सक्दैन भन्नेदेखि शासकीय पद्धतिको पनि कुरा छ । हामी त दायाँबायाँ सबै हेर्छौं नि । भोलि मुलुक चलेन भने सधैँ अस्थिर भइरह्यो भने गरीखान सक्दैनाँै । राजनीतिक अस्थिरताले मलजल गरेको बन्द, हत्या, अपहरणजस्ता कुरा बन्द गर्नुपर्छ भनेर हामीले निकालेको सद्भाव जुलुस र दलले निकाल्ने जुलुसका सहभागिताले पनि जनता कति दिक्क भएका रहेछन् भन्ने प्रष्ट पार्छ । तर, नेताहरूले सिधा राजनीतिक बाटो मात्र हेर्नाले पनि कतिपय समस्या आएको देखिन्छ ।
यसमा सुधारका लागि के गर्नुपर्ला त ?
देशको अर्थतन्त्रको नियन्त्रण देशबाहिर जानु हुँदैन । युवा जनशक्ति विदेश जाँदै छ त्यसलाई रोक्नु पर्‍यो र यहीँ रोजगारीको ग्यारेन्टी गरिनु पर्‍यो । ग्रामीण क्षेत्रमा र्‍हास हँुदै गएको कृषिलाई व्यवस्थित गराउनु पर्छ जसले बढ्दो बेरोजगारी र विदेश पलायनलाई रोक्न सकिन्छ । तर, हाम्रो राज्य यति नालायक छ कि किसानलाई खेतीको समयमा मल–बिउसम्म पनि दिन सक्दैन ।
देशको अर्थतन्त्र सुदृढ गर्न राज्यको संयन्त्र कस्तो हुनु पर्ला ?
–जिम्मेवार ठाउँमा भएका व्यक्ति नि:स्वार्थ हुनु पर्‍यो । साँच्चै भन्न्ने हो भने राज्यले ब्युरोक्रेसीलाई आफूअनुकूल चलाउनु हुँदैन थियो । ब्युरोक्रेसी बलियो भएको भए राज्य पनि बलियो हुन्थ्यो । निजी क्षेत्र पनि बलियो हुन्थ्यो । तर, यहाँ त ब्युरोक्रेसीमा पनि राजनीतिके भागबन्डा भयो । क्षमतावानभन्दा पनि आफूअनुकूल कर्मचारी छान्न थालेपछि कसरी हुन्छ देश सुदृढ ? देशमा राजनीतिका नाममा जेगरे पनि हुन्छ भन्ने सोचाइको अन्त्य हुनु पर्छ । कर्मचारीलाई राजनीतिक कार्यकर्ताको आदेशमा आफू परिचालित नभए सुरक्षित भइंदैन भन्ने त्रासबाट मुक्त गराउनु पर्छ ।
तपाईंहरूले यस्ता मुद्दामा राज्यलाई कत्तिको घच्घच्याउनु भएको छ त ?
–हामीले धैरै दबाब र सुझाव दियाँै । राज्यले धेरै आयोग बनायो, आयोगले प्रतिवेदन बनाए तर ती प्रतिवेदन दराजमा थन्काउने काम मात्र भएका छन् । बाहिर आएनन् । देशको सुदृढ आर्थिक व्यवस्था बनाउन आयातलाई सुरक्षित र व्यवस्थित बनाउनु पर्छ । तर, हाम्रो राज्यको दृष्टि त्यहाँ कहिल्यै पनि पर्दैन । नागरिकले सुरक्षित काम गर्नसक्ने वातावरण राज्यले बनाउनु पर्छ र राजनीतिक दलका चन्दा आतंकबाट व्यवसायीलाई मुक्त गर्नु पर्छ । हामीले यी सबै कुरामा सरकारसँग पटकपटक माग गर्‍याँै । मुलुकको राजनीतिक संक्रामण अन्त्य भएपछि आर्थिक विकासमा लाग्छाँै भन्छन् । हाम्रो भनाइ के हो भने आर्थिक मेरुदण्ड सवल नभई राजनीतिक संरचनाको स्तम्भ सुरक्षित हुँदै हँदैन । हाम्रा नेताले चीन र भारतबाट पाठ सिक्नुपर्छ ।
चन्दा आतंक कत्तिको छ हिजोआज ?
–मुलुकमा युद्धको अवस्था थियो । त्यसलाई पनि हामीले पार गर्‍यौँ । पार्टीले बाह्रबुँदे सम्झौता गरेपछि राहतको आशा गर्‍याँै । तर, यहाँ बँुदै बुदाँको सम्झौता मात्र भयो । वर्तमान सरकारबाट यसले केही गर्ला भनेर आशा थियो । वर्तमान सरकारकै पालामा लगानी वर्ष घोषणा भयो । तर, हामीले आशा गरेजस्तो भएन । मुलुकका जनता र हामी व्यवसायीले सधैं आशा गर्ने परिणाम निराशाजनक आउने अवस्थाबाट अब मुक्त हुनु पर्छ । सरकार ढाल्ने र बनाउने मात्र हाम्रो काम हो भन्ने मान्यताबाट सबै राजनीतिक दल माथि उठ्नु पर्छ । उहाँहरूको दायित्व यो राज्यका सबै अंगको सुरक्षा गर्नु पनि हो ।

प्रतिक्रिया