हिंसाको विकल्प लोकतन्त्र हुँदैनः कोइराला

काठमाडौं, २३ असार । कांग्रेस सभापति सुशील कोइरालाले एकीकृत माओवादीले हिंसाको राजनीति त्याग्नै पर्ने बताएका छन् ।
मोहत्तरी–काठमाडौं सम्पर्क मञ्चले पार्टी कार्यालयमा सानेपामा आज आयोजना गरेको अधिवेशनमा कोइरालाले हिंसाको विकल्प लोकतन्त्र हुन नसक्ने बताए । ‘एमाओवादीले अझैपनि हिंसाको मोह त्याग्न सकेको छैन,’ उनले भने, ‘हिंसाको विकल्प लोकतन्त्र हुन सक्दैन ।’
लोकतन्त्रमा सबैले निर्भयका साथ बाँच्न पाउनुपर्ने बताएका कोइरालाले मुलुकको राजनीतिक निकासका लागि सहमति र सहकार्य आवस्यक रहेको बताए । उनले एमाओवादीलाई सहमतिको बाटोमा आउनपनि सुझाव दिएका छन् ।
‘मुलुकलाई निकास अब कांग्रेसले मात्रै दिन सक्छ,’ सभापति कोइरालाले भने, ‘कांग्रेसको नेतृत्वमा नयाँ संविधान निर्माणको कार्यलाई अघि बढाउनु पर्छ ।’ उनले मुलुकलाई धेरै दिन अनिर्णयको बन्दी नबनाउन पनि एमाओवादीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया