राष्ट्रपतिद्वारा दुई राजदूत नियुक्त

काठमाडौं, २२ असार । राष्ट्रपति डा.रामवरण यादवले डेनमार्क र इटालीका लागि दुई राजदूत नियुक्त गरेका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा डा.यादवले मुक्तिनाथ भट्टराईलाई डेनमार्क र इटालीका लागि शंकर बैरागीलाई आज राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भट्टराई र बैरागीलाई अन्तरिम संविधानको धारा १५० बमोजिम राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
इटालीका लागि राजदूतमा नियुक्त बैरागी जेनेभास्थित संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संघ संस्थाका लागि आवासीय स्थायी प्रतिनिधि थिए ।

प्रतिक्रिया