डडेल्धुरामा जिप दुर्घटना

कैलाली, २२ असार । डडेल्धुराको गणेशपुर–५, पारिखेतगाउँमा बिहीबार साँझ से १ ज १८९ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सोही ठाउँ जिमरोडाका टेकराज जोशी रहेका छन् । घाइते १३ जना मध्ये डडेल्धुरा अमरगढी नगरपालिकाका जिप चालक तथा मालिक अम्मर पुन सहित पाँचजनाको अवस्था गम्भीर छ ।
सडक निर्माणका लागि डिजेल पुराएर फर्कने बेला जिप पारीखेत भन्ने स्थानमा दुर्घटना भएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बिनोद घिमिरेले बताए ।
कच्ची सडक र पानी परेर हिलाम्य भएकाले घुम्तीमा जिप दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

प्रतिक्रिया