सिरियालाई दबाब नदेऊ : इरान

तेहरान, २२ असार । इरानी राष्ट्रपति महमुद अहमदिनेजादले सिरियाको भाग्यसम्बन्धी फैसला गर्ने अधिकार सिरियाली जनताले पाउनुपर्ने माग गरेका छन् । अमेरिका तथा उसका साझेदार राष्ट्रहरूले सिरियामाथि दबाब सिर्जना गरे आºनो भाग्य आफैँ निर्धारण गर्ने अवसरबाट सिरियाली जनता विमुख हुने विचार उनले व्यक्त गरेका छन् ।
बिहीबार आधिकारीक वेबसाइटमा विज्ञप्ति प्रकाशन गरी अहमदिनेजादले यस्तो धारणा राखेका हुन् । ‘अन्य राष्ट्रको दबाबबाट मुक्त भएर आºनो भाग्यको फैसला गर्ने अधिकार सिरियाली जनताले पाउनुपर्छ,’ विज्ञप्तिमा उनले भनेका छन् ।
मध्यपूर्वमा प्रभुत्व कायम गर्न र इजरायललाई सहारा प्रदान गर्न अमेरिका र उसका साझेदार राष्ट्रले सिरियाली राष्ट्रपति बासर अल असदको विरोध गरेको आरोप अहमदिनेजादले लगाएका छन् । असदविरुद्ध दबाब बढाउन अरब तथा पश्चिमी राष्ट्रबीच समन्वय गराउने उद्देश्यले फ्रान्सको राजधानी पेरिसमा ‘फ्रेन्ड्स अफ सिरिया’ को बैठक बसेपछि यसप्रति प्रतिक्रिया जनाउने उद्देश्यले अहमदिनेजादले विज्ञप्ति जारी गरेका हुन् । ‘फ्रेन्ड्स अफ सिरिया’ को बैठक सिरियाली सत्ताप्रति पूर्वाग्राही भएको भन्दै सिरियाको साझेदार राष्ट्र रूसले बैठकमा सहभागिता जनाउन अस्वीकार गरेको थियो ।
‘(यस क्षेत्रका) मुख्य शत्रुहरू मध्यपूर्वमा आºनो प्रभुत्वको पुनरोदय गराउन लागिपरेका छन् । जबरजस्ती ओगटिएको क्षेत्र (इरानले इजरायलको अस्तित्व स्वीकार गर्न अस्वीकार गर्दै आएको छ) लाई  विनाशबाट जोगाउन शत्रुहरूले (अमेरिका) यहाँ पुन: प्रभुत्व जमाउन खोजिरहेका छन्,’ अहमदिनेजादले भने ।
अमेरिकाको सिरिया नीति अमेरिकी स्वार्थ प्रवद्र्धन गर्ने एकल चाहनाबाट प्रेरित रहेको उल्लेख उनले गरेका छन् । ‘तर, सिरियालगायत यस क्षेत्रका जनताले आनो भाग्यको फैसला आफँै गर्न पाउनुपर्छ । अरूले सिरियामाथि दबाब सिर्जना गर्नु राम्रो हुँदैन,’ उनले भने । बुधबार इरान भ्रमणमा रहेका सिरियाली अधिकारीसमक्ष इरानी विदेशमन्त्री अलि अक्बर सालेहीले घरेलु सामर्थकका बलले सिरियाले विदेशी षड्यन्त्रलाई परास्त गर्ने विश्वास व्यक्त गरेका थिए । साथै उनले सिरियामाथि हुने सबैखाले विदेशी हस्तक्षेपलाई इरानले स्वीकार नगर्ने प्रस्ट पारेका थिए । (एजेन्सी)

‘इरान–सिरिया–हिजबुल्लाह गठबन्धन’
सिरियाविरुद्ध युद्ध छेडिए लेबाननको सशस्त्र समूह हिजबुल्लाह र इरानले सिरियाको पक्ष लिई युद्धमा सहभागी हुने प्यालेस्टाइनका एक मुक्ति योद्धाले बताएका छन् । हिजबुल्लाह सिया मुसलमानहरूको संगठन हो ।
‘सिरियामाथि हमला भए सिरिया र इरानका हाम्रा बन्धु तथा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहबीच युद्धमा सहभागी हुने विषयमा कुरा चलिरहेको छ,’ प्यालेस्टाइनका लोकप्रिय मुक्ति योद्धा अहमद जिब्रिलले भने । बेरुतमा रहेको मयादिन टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘टर्की–युरोपेली गठबन्धन अथवा नेटोले सिरियामा हमला गर्‍यो भने सडकमा गएर हामी हाम्रा सिरियाली बन्दुकका पक्षमा गौरवका साथ लड्नेछौँ,’ उनले भने । हिजबुल्लाहका प्रमुखले समेत सिरियाका पक्षमा लड्न आफूहरू तयार रहेको बताएको उनले खुलासा गरे । प्यालेस्टाइनका मुक्ति योद्धा पनि इरान–सिरिया–हिजबुल्लाह गठबन्धनको पक्षमा रहेको नेता जिब्रिलले बताए ।
हिजबुल्लाहका प्रमुख नसरल्लाह र इरानी राष्ट्रपति महमुद अहमदिनेजादसँग केही दिनअघि आफूले भेट गरेको खुलासासमेत उनले गरे । सिरियामाथि आक्रमण हुन नदिन आफूहरू प्रतिबद्ध रहेको इरानी अधिकारीहरूले उल्लेख गरेको जानकारी उनले दिए । सिरियामाथि हमला गरी आगोसँग खेल्ने गल्ती नगर्न इरानी अधिकारीहरूले टर्कीलाई पटकपटक सचेत गराएको समेत उनले उल्लेख गरे । सिरियामा १६ महिनादेखि जारी राष्ट्रपति बासर अल असदविरुद्धको विद्रोहमा विदेशी संलग्नता रहेको दाबी उनले गरे । सिरियाली राष्ट्रपति बासर अल असदले पनि यस्तै भनाइ राख्दै आएका छन् । ‘१६ महिनादेखि जारी विद्रोह घरेलु गतिविधि होइन, यसमा विदेशीहरूको संलग्नता छ,’ उनले भने । अमेरिका र यहुदीवादविरुद्धको निर्णायकमा सिरियाको विजय हुने विश्वाससमेत उनले व्यक्त गरे ।

प्रतिक्रिया