मस्कोमा विश्व मिडिया सम्मेलन

मस्को : दोस्रो विश्व मिडिया सम्मेलन बिहीबारदेखि रूसको राजधानी मस्कोमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विश्वका विभिन्न देशका सञ्चारमाध्यममा कार्यरत करिब तीन सय सञ्चारकर्मीको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनमा एक सय दुई देशका दुई सय १३ सञ्चारमाध्यमका प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनको आयोजना विश्वका ठूला सञ्चारगृह र रूसको समाचार समिति इतार तासले गरेको पनि समाचारमा उल्लेख छ ।
चिनियाँ समाचार समिति सिन्ह्वा, अमेरिकी समाचार समिति दि एसोसिएटेड प्रेस (एपी), बेलायतको ब्रिटिस ब्रोडकास्टिङ कर्पाेरेसन (बिबिसी),
जापानी समाचार समिति क्योदो
तथा अलजजिरा सम्मेलनका आयोजक हुन् ।
सम्मेलनमा विश्वमा हाल प्रचलनमा रहेका आधुनिक पत्रकारिताका सिद्धान्त, प्रचलन र प्रयोगका विविध पक्षमा छलफल हुने कार्यक्रम रहेको छ । साथै गत सन् २०११ मा सुरु भएको मध्यअफ्रिकी राष्ट्रहरूको आन्दोलनका साथै विश्वका अरू पनि कैयौँ देशहरूमा पत्रकारिता क्षेत्रमा देखापरेका चुनौतीबारे छलफल गरिने बताइएको छ । (सिन्ह्वा)

प्रतिक्रिया