सीमाको सीमा

काठमाडौं : गायिका सीमा शाहले आफ्नो पहिलो एकल आधुनिक गीति एल्बम सीमा श्रोतामाझ ल्याएकी छन् । कुल सात गीत रहेको एल्बमको एउटा गीतमा वरिष्ठ संगीतकार रत्नबहादुर खड्गीको संगीत छ भने अन्य गीतमा ठाकुरप्रताप दुलालले संगीत भरेका छन् । आउँछौं कि भनी, कसरी बोलाऊँ, पत्थर रै’छ तिम्रो मुटु, फूलको पातमा, रोई जान्छ भने र तिम्रो मुटुमा बोलका गीतको शब्द संगीतकार दुलाल, दीपक कैडिन्य र सचितानन्न घिमिरेले रचना गरेका हुन् । (सौस)

प्रतिक्रिया