लिटिल नेवा:को खोजी सुरु

काठमाडौं : नेवार समुदायका बालिकाहरूबीचको प्रतियोगितात्मक स्पर्धा मिस लिटिल नेवा:को सातौं संस्करण आगामी भदौमा सम्पन्न हुने भएको छ । आयोजक नेप्लिज फेसनहोमले हालै राजधानीमा पत्रकारसम्मेलन गरी आवेदन खुला गरिएको जानकारी गरायो ।  प्रतियोगितामा ९ देखि १३ वर्ष उमेरसमूहका नेवार बालिकाले सहभागिता जनाउनेछन् । प्रतियोगीहरूलाई विविध सांस्कृतिक स्थलको भ्रमण, भाषा र लिपिसम्बन्धी ज्ञान दिइने आयोजकले बतायो । आयोजकका अनुसार देशभरिबाट कुल ५० प्रतियोगी छनोट गरी फाइनल प्रतिस्पर्धा गराइनेछ । प्रतियोगीहरूलाई राजु नापितले भाषाप्रशिक्षण तथा विवेक श्रेष्ठ र रोहियो महर्जनले कोरियोग्राफी गराउनेछन् । (सौस)

प्रतिक्रिया