झडपमा एकजनाको मृत्यु, दर्जन घाईते

रौतहट, २१ असार । अबरुद्ध सडक खोल्ने क्रममा रौतहट जिल्लाको महमदपुर–८ शिबनगरस्थित वीरेन्द्र राजमार्गमा भएको झडपमा परेर एक जनाको मृत्यु भएको छ । झडपमा केही प्रदर्शनकारी र प्रहरी घाईते भएका छन् ।
झडपमा महमदपुर–७ बस्ने १८ वर्षीय रमोद साह कलवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोठीयाई–९ बस्ने ३० वर्षीय बिरोधी राय यादवको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाईएको छ । अर्का घाइते महमदपुर–७ बस्ने राजेश राय यादवको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज उपचार भईरहेको छ ।
झडपमा नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीतर्फ १ जना घाइते भएका छन् ।
असार–१४ गते राति महदमदपुर–८ शिबनगरस्थित वीरेन्द्र राजमार्गमा ना.३ त ७६४३ नम्बरको ट्याक्टरले ज.४ प ७८८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको घटनाका समबन्धमा स्थानीयले सडक अबरोध गर्दा झडप भएको हो ।
ट्याक्टरले ठक्कर दिदा मोटरसाइकल चालक महोत्तरी जिल्ला बिजलपुर–३ बस्ने २७ वर्षीय राम श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।
ट्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको विरोधमा स्थानीयले आज सडक अबरोध गरेका थिए । ट्याक्टर र ट्याक्टर चालकलाई छाडनुपर्ने भन्दै ट्याक्टरधनी महमदपुर–७ बस्ने रामपुकार रायले सडक अबरोध गरे पछि स्थिति तनावपूर्ण भएको प्रहरीले जनाएको छ ।
आज विहानै बाटो अवरोध गरेका उनीहरुलाई हटाएर बाटो खुलाउने क्रममा प्रहरीले अश्रुग्यास तथा हवाई फायर समेत गरेको जनाएको छ ।

प्रतिक्रिया