ग्याँस पड्किएर बालिकाको मृत्यु

काभ्रे, २० असार । विपी राजमार्गसँग जोडिएको काभ्रेको सिपाली चिलाउने गाविस वडा नम्वर ५ मा आज ग्याँस पड्किदा ६ वर्षीया एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । अर्की एक बालिका गम्भीर घाइते भएकी छन् ।
सूर्यबहादुर तामाङको घरमा रहेको ग्याँस पड्कदा ६ वर्षीया छोरी स्मृति तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग्याँस पड्किदा अर्की ८ वर्षीया छोरी करिना तामाङ घाइते भएकी छन् । करिनालाई थप उपचारका लागि काठमाडौं पठाईएको छ ।

प्रतिक्रिया