काठमाडौं, २० असार । उद्योगी व्यवसायीले आज नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यसँग भेटगरेर सहमतिमा पूर्ण वजेट ल्याउन सहयोग गर्न आग्रह गरेका छन् ।
चेम्वर अफ कमर्सका प्रतिनिधिसँग राजधानीमा भएको भेटमा उनीहरुले मुलुकको विकासका लागि समयमा पूर्ण वजेट आवश्यक रहेको जनाएका हुन् । उनीहरुले वजेट समयमा नआए त्यसले आर्थिक क्षेत्रमा उल्लेख्य प्रभाव पार्ने समेत जनाएका छन् ।
जवाफमा अध्यक्ष बैद्यले आर्थिक विकासमा पूर्ण बजेट आवश्यक भएपनि तत्काल त्यो संभावना नहरेको बताएको व्यवसायीहरुले जनाएका छन् । सहमति विनानै कामचलाउ सरकारले वजेट ल्याएमा त्यसको प्रतिकार गर्ने चेतावनी दिए ।
‘सरकार सहमतिमा पूर्ण वजेट ल्याउने पक्षमा छैन,’ उनले भने, ‘राजनीतिक सहमति नभई पूर्ण बजेट आउन सक्दैन ।’
प्रतिक्रिया