बाइस वर्षपछि घर

रुकुम : रुकुम मुरुका एक वृद्ध भारतमा बेपत्ता भएको २२ वर्षपछि घर फकिर्एका छन् । मुरु–७ का ६६ वर्षीय लोकबहादुर पुन यति लामो समयपछि घर फर्केका हुन् ।
बाइस वर्षसम्म घरपरिवारको सम्पर्कमा नभएका कारण घरपरिवारले उनी जिउँदो नभएको आनुमान गरेका थिए । पुनले आफूले भारतको सिम्ला जिल्ला रोहडु गाउँमा मजदुरी गर्दै आएको बताए । उनलाई अखिल भारत नेपाली जनएकता मञ्चको सहयोगमा सदरमुकाम खलङ्गासम्म पुर्‍याएको हो ।
बिरामी भई अलपत्र परेका अवस्थामा पुनलाई मञ्चले उपचारसहित जिल्लासम्म ल्याउन सहयोग गरेको मञ्चका सदस्य विनोद कार्कीले बताए । मञ्चले भारतको सिम्ला जिल्लाका विभिन्न ठाउँमा चन्दा संकलन गरेर यहाँसम्म पुर्‍याएको हो । पुनले आफूले आफ्नो घरसमेत भुलिसकेको बताए । उनका घरमा श्रीमती र ६ छोरी रहेको बताइएको छ ।

प्रतिक्रिया