फ्रिडा बेलसँग

नयाँदिल्ली : विश्वप्रसिद्ध चलचित्रसम्बन्धी ओस्कार अवार्ड विजेता चलचित्र स्लमडग मिलिनेयरकी अभिनेत्री फ्रिडा पिन्टो कैटमैन स्टार क्रिस्चियन बेलसँग देखिने भएकी छन् । उनी निर्देशक टेरेन्स मेलिकको आगामी चलचित्र नाइट अफ काप्समा बेलसँग देखिन लागेकी हुन् ।
चलचित्र प्रेम र सच्चाइको खोजीमा लागेको एक व्यक्तिको कथामा आधारित छ । चलचित्रको सुटिङ सुरु भइसकेको छ । केही समयपहिले यस चलचित्रका कलाकारले रोमान्टिक दृश्यमा अभिनयसमेत गरेको एजन्सीले समाचारमा जनाएको छ । यस चलचित्रमा नतालीले पोर्टम्यानको भूमिका निभाउँदै छिन् ।
स्मलडग मिलिनेयरपछि फ्रिडाले कयौँ अन्तर्राष्ट्रिय चलचित्रमा पनि काम गरेकी छन् । यु विल मिट अटाल डार्क स्टेजर, मिरल अर राइज अफ द प्लेनेट, द एप्स उनका केही चलचित्र हुन् । (एजेन्सी)

प्रतिक्रिया