च्याउ खाँदा चार जना विरामी

मकवानपुर, १८ असार । मकवानपुर जिल्लामा जंगली विषालु च्याउको तरकारी खाँदा चार जना स्थानीय सर्वसाधारण विरामी परेका छन् ।
च्याउको तरकारी खाएर विरामी हुनेमा हेटौडा नगरपालिका–१, चौकीटोलस्थित छुट्टाछुट्टै घरमा बस्ने ६३ बर्षीय विर्ख लामा, २७ बर्षीया गीता लामा, २८ बर्षीया सरस्वती लामा र ७ बर्षीया प्रितिमा लामा रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले आइतबार बेलुका जंगलबाट ल्याएको च्याउ तरकार बनाएर खाँदा विरामी भई असक्त भएका थिए । उनीहरुको हेटौडा अस्पतालमा उपचार भई रहेको छ ।

प्रतिक्रिया