कोइराला र बैद्यवीच भेटबार्ता

काठमाडौं, १८ असार । कांग्रेस सभापति सुशील कोइराला र नकेपा–माओवादीका अध्यक्ष मोहन वैद्य नेतृत्वको टोलीवीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
कोइराला निवास महाराजगञ्जमा आज भएको भेटबार्तामा राष्ट्रिय सहमतिको सरकार, अध्यादेश मार्फत ल्याउन लागेको पूर्ण वजेटलगायतमा छलफल भएको नेताहरुले बताएका छन् ।
छलफलमा सरकारले अध्यादेशबाट ल्याउन लागेको पूर्ण बजेटको विरोध गर्ने सहमति भएको छ । आवश्यक परेमा मिलेर संयुक्त संघर्ष गर्न समेत कांग्रेस र नेकपा–माओवादीका शीर्ष नेतृत्व तयार देखिएको छ ।
भेटमा कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा नेकपा–माओवादीका अध्यक्ष माहेन बैद्यका साथै उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा र देव गुरुङलगायतको सहभागिता रहेको थियो ।
राजनीतिक गतिरोधको अन्त्यको प्रयासस्वरुप बेलुका छ बजे सभापति कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालवीच पनि भेटबार्ता हुँदैछ ।

प्रतिक्रिया