राष्ट्रपतिद्वारा मल्लिकलाई आर्थिक सल्लाहाकारमा नियुक्त

काठमाडौं, १८ असार । राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व अर्थ सचिव विद्याधर मल्लिकलाई आर्थिक सल्लाहाकारमा नियुक्त गरेका छन् ।
विराटनगर–९ घर भएका मल्लिकलाई आर्थिक सल्लाहाकारमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘मल्लिकलाई आर्थिक, विकास, प्रशासन क्षेत्रमा सुझाव र सल्लाह प्रस्तुत गर्ने गरी विशेषज्ञ पदमा नियुक्ति गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया