फेसबुकले सम्भव बनायो उपचार

पोखरा, १८ असार । ‘साढे चार वर्षदेखि छोरीको उपचार गराउन सकेकी थिइनँ, आमा विष्णुकुमारीले भनिन्, ‘छोरीको उपचार होला भन्ने लागेको नै थिएन तर अहिले सम्भव भयो ।’

स्याङजा स्वरेक–७ अर्चलेकी विष्णुकुमारी तिवारी क्षत्रीकी साढे चार वर्षकी छोरी देवीको उपचार खर्च फेसबुकबाट जुटेको हो । नाकमा आएको ठूलो डल्लोका कारण चिन्तित तिवारी परिवारलाई पोखरेली पर्यटन व्यवसायी नरेश भट्टराईले एक लाख रुपियाँ सहयोग गरेका थिए । फेसबुकबाट पनि ७१ हजार रुपियाँभन्दा बढी सहयोग जुटेको थियो ।
अमेरिकाबाट साथीहरूमार्फत ६६ हजार रुपियाँभन्दा बढी रकम संकलन गरेर पठाएकी अञ्जना पाण्डेय विमलाले पत्रकार घनश्याम पाण्डेयको अनुरोधमा आफूहरूले सहयोग गरेको बताइन् । नेपाल तथा विदेशमा रहेकाको सहयोगमा बालिकाको उपचार गरिएको छ ।
सहयोग जुटेपछि बालिकाको पश्चिमाञ्चल अस्पतालमा शल्यक्रिया भएको हो । बालिकाको अहिले पनि आइसियुमा उपचार भइरहेको छ । बालिकाको उपचारका लागि नरेश भट्टराईले एक लाख रुपियाँ सहयोग गरेका थिए भने सामाजिक सञ्जाल फेसबुकमार्फत पाण्डेयले ७१ हजार रुपियाँभन्दा बढी आर्थिक सहयोग जुटाएकी थिइन् । यस्तै उपचारका लागि स्वरेक गाविस कार्यालयले १० हजार रुपियाँ सहयोग गरेको छ ।

प्रतिक्रिया