सहमति जुटाउन राष्ट्रपतिको सुझाव

काठमाडौं, १७ असार । दलहरुका वीच दुरी बढिरहेका समयमा राष्ट्रपति डा.रामवरण यादवसँग एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले परामर्श गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वजेट, सहमतीय सरकार लगायतमा कुराकानी भएको स्रोतले जनाएको छ ।
भेटमा राष्ट्रपति डा.रावरण यादवले राष्ट्रिय सहमति जुटाउन अध्यक्ष दाहाललाई सुझाव दिएका छन् । उनले दलहरुका वीच सहमति जुटाएर मुलुकका विद्यमान समस्या समाधानमा जोड दिएका हुन् ।
सहमति बिनानै अध्यादेश मार्फत सरकारले ल्याउने तयारी गरिरहेको बजेटप्रति पनि डा.यादवले असन्तुष्टि जनाएको बुझिएको छ ।

प्रतिक्रिया