खोजखबर

गुरुको सर्वोपरि आवश्यकता

सौर्य अनलाइन २०६९ असार १६ गते ०:५४ मा प्रकाशित


श्वेतश्वेतारोपनिषद्को अर्थ हो– हामी ज्ञानी छौँ या अज्ञानी, मनमा स्वेत भाव छ या दुर्भाव । देवत्व जगाउने क्रिया यस उपनिषद्मा छ । उपनिषद्को तात्पर्य हो एकदम नजिक बसेर गुरुका कुरा हृदयमा धारण गर्नु । यो उपनिषद्को अर्थ हो हामी गुरुसँग बसौँ । केवल शारीरिक दृष्टिले होइन, आत्मिक दृष्टिले उनीसँगै बसेर उनका एक–एक शब्द सुनौँ । ठीक त्यसै प्रकारले सुनौँ जसरी अमृतपान गरिदिन्छ । र, हृदयमा सँधैका लागि यसलाई धारणा गरौँ जसबाट हामी त्यो स्थान प्राप्त गर्न सकौँ जुन जीवनमा दुर्लभ छ । तपाईंको मनमा ज्ञान पस्यो भने महानता प्राप्त गर्न गाह्रो छैन । त्यहाँ एक अलग आनन्द छ । जसले शास्त्रको ज्ञान प्राप्त गरेको छ, उसले बुझेको हुन्छ शास्त्रको आनन्द के हो । जसले कालीदास पढ्छ उसले त्यसको रसास्वादन लिन सक्छ ।
कालीदास भन्दछन्– भाग्य र दुर्भाग्य भन्ने कुनै चीज हुँदैन र विधाता भन्ने पनि कोही छैन । यस्तो कहीँ पनि उल्लेख छैन । जन्मँदै विधाताले तपाईंको ललाटमा केही लेखिदिएको छ शास्त्रमा यस्तो कहीँकतै उल्लेख छैन । शास्त्रले भनेको छ– अहम् ब्रह्मास्मी– म स्वयं ब्रह्म हुँ । विधाता छन् भने अर्को त्यस्तो विधाता को हुन गए, जसले तपाईंको भाग्यमा असल या खराब लेखिदिए । यस्तो कस्तो विधाता पैदा भए ? विधाताको अर्थ हो– ब्रह्मा, निर्माण गर्ने, निर्मित गर्ने, रचयिता । जब विधाता नै छैनन् भने तब भाग्यजस्तो कुनै चीज पनि छैन । यसको निर्माण हामी आफैँ गर्छौं । किनभने, हामी पढेलेखेका छौँ भने मिल्टन, शेक्सपियरका कृति पढ्न–बुझ्न सक्छौँ । अंग्रेजी पढेको छैन भने उनका काव्य बुझ्न सकिँदैन । ठीक यस्तै प्रकारले यदि हामी ब्रह्म होइनौँ भने भाग्यको निर्माण गर्न सक्तैनौँ । जो निर्माण गर्न सक्तैन ऊ विनाशकारी हुन्छ– त्यसलाई भाग्य भन्न सकिँदैन । यो हाम्रो दुर्भाग्य हो– हामीसँग घर छैन । यो हाम्रो दुर्भाग्य हो– हामी सफल भएनौँ अथवा पूर्णता प्राप्त गरेनौँ । हामीमा केवल ईश्वरमाथि आश्रित हुने बानी पर्न गयो ।
यसर्थ, बहुत महत्त्वपूर्ण कुरा गरेको छ उपनिषद्ले । बाँकी सबै शास्त्रले ईश्वरको अस्तित्व मानेका छन् । यस उपनिषद्कारले भनेका छन् हामी स्वयं नै ब्रह्म हौँ, तब फेरि विधाता कुन हुन् ? हामी स्वयं विधाता हौँ । यसर्थ, ब्रह्मको परिभाषा यस श्लोकमा के गरिएको छ भने पाँच वर्षका प्रल्हाद पनि पूर्ण ब्रह्म थिए, शुकदेव पाँच वर्षका थिए तर पनि पूर्ण ब्रह्म थिए, कश्यप असी वर्षका थिए र पनि पूर्ण ब्रह्म थिएनन् । जो समीप रहन सक्छ र गुरुको हृदयमा प्रवेश गर्न सक्छ ऊ ब्रह्म हो । यो श्लोकले परिभाषा दिएको छ– जो शारीरिक रूपले या आत्मिक रूपले गुरुको निकट रहन्छ ऊ ब्रह्म हो । र, ऊ गुरुको हृदयमा प्रवेश गर्‍यो । गुरुको पनि तपाईंमाथि स्नेह रहोस् जब त्यस्तो हुन्छ अनि तपाईंको कार्य हुन्छ, नजिक भएपछि उनको आत्मीय पनि भइन्छ । यतिनजिक कि तपाईं उपनिषद् बन्नुहुनेछ । जो उनको हृदयमा उत्रिनेछ, त्यो ब्रह्म बन्नेछ ।
ब्रह्मको व्याख्या ऋषिले बिल्कुल नयाँ तरिकाले गरे । ब्रह्मचारी रहनेलाई ब्रह्म भनेनन्, शास्त्र पढ्नेलाई ब्रह्म भनेनन् । र, यस्ता सयकडौँ ऋषि भए जसले विधिवत् ज्ञान प्राप्त गरेनन्, विद्यालयमा पढेनन् उनीहरूलाई ब्रह्म भनियो । विश्वामित्र सयकडौँ वर्षसम्म ब्रह्म कहलाएनन्, ब्रह्म ऋषि कहलाएनन् । राज ऋषि कहलाए । धेरैपछि मात्र ब्रह्म ऋषि कहलाए । किनभने, उनी आºनो गुरुको हृदयमा उत्रिन पाएनन् । आºनो अहंकारको कारणले, घमण्डको कारणले, अलग धारणाका कारणले ब्रह्म ऋषि कहलाउन पाएनन् । धेरैपछि जब गुरुका हृदयमा उत्रिन सके तब ब्रह्म ऋषि कहलाए ।
यसको तात्पर्य के हो भने जो गुरुको हृदयमा उत्रिन सक्छ, चाहे जोसुकै होस्, चाहे म नै हुँ, उनको यति प्रिय बनूँ कि उनको हृदयमा उत्रन सकूँ, उनको ओठमा नाम लेखाउन सकूँ गुरुलाई याद रहोस् कि यो को हो । हजारौँ, लाखौँ शिष्यको नाम ओठमा अंकित हुँदैन, ओठमा नाम अंकित गर्नका लागि गुरुको हृदयमा उत्रनु आवश्यक हुन्छ । र, अगाध प्रेम आवश्यक हुन्छ, समर्पणको आवश्यकता हुन्छ । प्राणमा प्राण जोड्ने जब क्रिया हुन्छ प्राणमा उत्रिन सकिन्छ ।
हृदयमा उत्रिनका लागि तपाईंको व्यक्तित्व, सुन्दरता, महानता, विद्वता, ज्ञान, सबै स्वयंमा गौण छन् । यसकारण श्वेतश्वतारोपनिषद्ले भाग्य र दुर्भाग्यको विल्कुल नयाँ व्याख्या गर्‍यो । त्यसले सबथोक तपाईंको हातमा सुम्पिदिएको छ कि तपाईं स्वयं ब्रह्म हो, स्वयं भाग्य निर्माता हो, स्वयं दुर्भाग्यको निर्माता हो, स्वयं उपनिषद्कार हो र स्वयं उपनिषद् हो । तपाईं स्वयं गुरुको हृदयमा उत्रने क्षमता राख्नुहुन्छ । सारा बागडोर तपाईंको हातमा सुम्पिदिए ती उपनिषद्कारले । मलाई लाग्छ १०८ उपनिषद्कारहरूमा यिनले बिल्कुल यथार्थ चिन्तन गरेका छन् । यो श्लोक सुनौला अक्षरले लेख्न लायक छ । किनभने, पहिलोपल्ट महसुस भयो– हामी सामान्य मनुष्य होइनौँ । हामी स्वयं नियन्ता हाँै, निर्माणकर्ता हौँ ।
जन्मँदै व्यक्ति महापुरुष हुँदैन । एकजना पनि महापुरुष जन्मजात पैदा भएनन् । पछि गएर महापुरुष बने । सुरुमा न राम आफैँ महापुरुष थिए, न कृष्ण, बुद्ध महापुरुष थिए । राजाका छोरा थिए ती सब । सुरुमा सामान्य बालक थिए, त्यसैगरी दौडिन्थे, घुम्थे, खेल्थे । त्यस्तै थिए, जस्तो तपाईं हामी छौँ । पछि गएर उनीहरूले बुझे, जुन कुरा मैले माथि उल्लेख गरेको छु । मलाई यदि केही नयाँ निर्माण गर्नु छ र केही बन्नुछ भने मेरो बागडोर मेरै हातमा हुनुपर्दछ– तपाईंको मनमा यस्तो भाव उब्जनु पर्दछ । र, यस्तो भाव पनि हुनुपर्दछ कुनै पनि काम सानो या ठूलो हुँदैन ।
अनुवाद : शिव ढकाल
मन्त्र–तन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय