नयाँ माओवादीले के निर्णय गर्‍यो ?

काठमाडौं, १५ असार । एकीकृत माओवादीबाट हालै विभाजन भएको नेकपा–माओवादीले केन्द्रीय पदाधिकारी मनोनयन गर्नुका साथै भ्रष्टचारका विरुद्ध र राष्ट्रियताका पक्षमा अभियान सहित संघर्ष गर्ने निर्णय गरेको छ ।
राजधानीमा तीन दिन सम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले अन्तरिम संयुक्त सरकार बनाउने पक्षमा निर्णय गरेको अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । नेकपा–माओवादीले गोलमेच सभा, अन्तरिम संयुक्त सरकार र अग्रगामी राजनीतिक निकासको पक्षमा आधार तयार पार्नका लागि संघर्ष संगठित गर्ने निर्णय पनि गरेको छ ।
उसले राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नमा प्रचारात्मक संघर्षको अभियान चलाउने छ । भ्रष्टाचारका विरुद्ध भण्डाफोर अभियान समत चलाईने छ ।
बैठकले उपाध्यक्षमा सिपी गजुरेल, महासचिवमा रामबहादुर थापा, सचिवद्वयमा देव गुरुङ्ग र नेत्रविक्रम चन्दलाई मनोनयन गरेको छ । केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र पोलिटब्युरोका बारेमा भने कुनै निर्णय नगरेको नेकपा–माओवादीले जनाएको छ ।
विभिन्न राज्यहरुलाई समावेश गरी संगठन ब्युरोहरुको गठन गर्नुका साथै पोलिटव्युरो सदस्यहरुको पनि उसले कार्यविभाजन गरेको छ । पूर्वाञ्चल व्युरो (लिम्बुवान, कोचिला तथा किरात राज्य)को इञ्चार्जमा खड्कबहादुर विश्वकर्मा, मधेश व्युरो (मिथिला, भोजपुरा, अवध)को इञ्चार्जमा प्रतीक, मध्यमाञ्चल ब्युरो (नेवाः, ताम्सालिङ)को इञ्चार्जमा हितमान शाक्य, पश्चिमाञ्चल ब्युरो (मगराँत, तमुवान) को इञ्चार्जमा बसन्त, सुदूर पश्चिमाञ्चल ब्युरो (सेम, भेक, थारुवान)को इञ्चार्जमा सोनाम, अन्तर्राष्ट्रिय ब्युरोको इञ्चार्जमा धर्मेन्द्र बास्तोला, जनबर्गीय संगठन–मोर्चाव्युरोको इञ्चार्जमा नारायणप्रसाद शर्मा, प्रचार÷प्रसार ब्युरोको इञ्चार्जमा पम्फा भुसाल, युवापरिचालन ब्युरोको इञ्चार्जमा नेत्रविक्रम चन्दलाई जिम्मेवारी दिइएको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न राज्य समितिहरुको गठन गरेको नेकपा–माओवादीले सेती–महाकालीको इञ्चार्जमा ओम पुन तथा सेक्रेटरीमा शरद सिंह, थारुवान इञ्चार्जमा आयाम तथा सह–इञ्चार्जमा सरला, सेक्रेटरीमा अखण्ड, मगरात इञ्चार्जमा सन्तोष तथा सेक्रेटरीमा बाबुराम नेपाली, तमुवान इञ्चार्जमा श्रीनाथ तथा सेक्रेटरीमा यशोदा सुवेदी, नेवाः इञ्चार्जमा दिनेश शर्मा तथा सेक्रेटरीमा भिष्म नियुक्त भएका छन् ।
ताम्सालिङ इञ्चार्जमा पथिक, सह–इञ्चार्जमा अमृता थापा, कुमार दाहाल तथा सेक्रेटरीमा अनिल, जवस इन्चार्जमा जयपुरी घर्ती मगर सेक्रेटरीमा तिलक परियार, अवध इञ्चार्जमा अटल तथा सेक्रेटरीमा शिलु, भोजपुरा इञ्चार्जमा राम आचार्य तथा सेक्रेटरीमा सुवास, मिथिला इञ्चार्जमा कृष्णदेव, सेक्रेटरीमा रोशन जनकपुरी चयन भएका छन् ।
कोचिला इञ्चार्जमा समर तथा सेक्रेटरीमा किरण राई, किराँत इञ्चार्जमा पदम राई, सेक्रेटरीमा दीपेश राई, लिम्बुवान इञ्चार्जमा मौसम, प्रवास इञ्चार्जमा लक्ष्मण पन्त, विदेश इञ्चार्ज मनोजलाई जिम्मेवारी दिइएको विज्ञप्तिमा जनाईएको छ ।
केन्द्रीय कोष तथा लेखा विभागमा सचिव चन्द, अनुशासन एवम् अनुगमन विभागमा हर्क ब. शाही, अन्तर्राष्ट्रिय विभागमा सिपी गजुरेल, स्कुलिङ्ग विभाग तथा केन्द्रीय सल्लाहकार समितिको इञ्चार्जमा मोहन बैद्य, संयुक्त मोर्चाको इञ्चार्जमा सचिव गजुरेल तथा सह–इञ्चार्जमा देव गुरुङ्गलाई समावेश गरी जिम्मेवारी दिइएको छ ।
अर्थ तथा कानून लगायतका अध्ययन अनुसन्धानसंग सम्वन्धित विभिन्न विभागहरुको इञ्चार्जमा सचिव गुरुङ्ग, दलित विभाग इञ्चार्जमा खड्कबहादुर विश्वकर्मा, महिला विभागको इञ्चार्जमा पम्फा भुषाल, जातीय क्षेत्रीय विभागको इञ्चार्जमा सुरेश आलेमागर, स्वास्थ्य विभागको इन्चार्जमा रेखा शर्मा, बुद्धिजीवी विभागमा कृष्णध्वज, शिक्षा संस्कृतिमा विभागमा नारायण शर्मा र सहिद वेपत्ता अपाङ्ग सम्वन्धी प्रतिष्ठानको इञ्चार्जमा अध्यक्ष बैद्यलाई जिम्मेवारी दिइएको छ ।
२०६९ साल पौष महिनामा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको नेकपा–माओवादीले सम्पूर्ण तयारी गर्ने जनाएको छ । केन्द्रीय कार्यलय सचिवको जिम्मा प्रशान्तलाई दिएको विज्ञप्तिमा उल्लेख छ ।

 

 
प्रेस–वक्तव्य
ऐतिहासिक राष्ट्रिय भेला पश्चात् असार ११ गते १३ गतेसम्म पार्टीका अध्यक्ष क. किरणको अध्यक्षतामा नेकपा–माओवादीको केन्द्रीय सङ्गठन समितिको बैठक सम्पन्न भयो । बैठकमा लिइएका महत्वपूर्ण निर्णयहरुलाई प्रेसवक्तव्य मार्फत् निम्न अनुसार सार्वजनिक गरिएको छ
१– बैठकको प्रारम्भमा महान् जनयुद्ध तथा जनआन्दोलन सहित सम्पूर्ण क्रान्तिका वीर अमर सहिदहरु प्रति एक मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो ।
३– बैठकमा महासचिव कमरेड बादलद्वारा सङ्गठन तथा सङ्घर्ष सम्बन्धी प्रस्ताव प्रस्तुत गरियो र व्यापक बहस तथा छलफल पश्चात् सर्वसम्मत रुपमा पारित गरियो ।
४– राष्ट्रिय भेलाको मूल भावना तथा निर्णय अनुरुप सङ्गठनबारे निम्न अनुसारका निर्णय लिइएका छन्
(क) अध्यक्षमा क. किरण, उपाध्यक्षमा क. गौरव, महासचिवमा क. बादल, सचिव द्वयमा क्रमश क. देव गुरुङ्ग तथा क. विप्लवलाई समावेस गरी केन्द्रीय पदाधिकारीहरुको गठन गरिएको छ ।
(ख) विभिन्न राज्यहरुलाई समावेश गरी सङ्गठन ब्युरोहरुको गठन तथा पिबिएमहरुको कार्यविभाजन गरिएको छ । तदनुसार पूर्वाञ्चल व्युरो (लिम्बुवान, कोचिला तथा किरात राज्य)को इञ्चार्जमा क. प्रकाण्ड, मधेश व्युरो (मिथिला, भोजपुरा, अवध)को इञ्चार्जमा क. प्रतीक, मध्यमाञ्चल ब्युरो (नेवाः, ताम्सालिङ)को इञ्चार्जमा क. सुमन, पश्चिमाञ्चल ब्युरो (मगराँत, तमुवान) को इञ्चार्जमा क. बसन्त, सुदुर पश्चिमाञ्चल ब्युरो (सेम, भेक, थारुवान)को इञ्चार्जमा क. सोनाम, अन्तराष्ट्रिय ब्युरोको इञ्चार्जमा क. धर्मेन्द्र, जबस–मोर्चाव्युरोको इञ्चार्जमा क. नारायण प्रसाद शर्मा, प्रचार÷प्रसार ब्युरोको इञ्चार्जमा क. पम्फा भुसाल, युवापरिचालन ब्युरोको इञ्चार्जमा क. विप्लवलाई जिम्मेवारी दिइएको छ ।
(ग) विभिन्न राज्य समितिहरुको गठनगरी सिसिएम तथा अन्य कमरेडहरुलाई जिम्मेवारी दिइएको छ । त्यस अनुसार सेती–महाकालीमा इञ्चार्ज क. ओम पुन तथा सेक्रेटरीमा क. शरद सिंह, थारुवान इञ्चार्जमा क. आयाम तथा सह–इञ्चार्जमा सरला, सेक्रेटरीमा क. अखण्ड, मगरात इञ्चार्जमा क. सन्तोष तथा सेक्रेटरीमा बाबुराम नेपाली, तमुवान इञ्चार्जमा क. श्रीनाथ तथा सेक्रेटरीमा क.यशोदा, नेवाः इञ्चार्जमा क. दिनेश शर्मा तथा सेक्रेटरीमा क. भिष्म, ताम्सालिङ इञ्चार्जमा क. पथिक, सह–इञ्चार्जमा क. अमृता थापा, क. कुमार दाहाल तथा सेक्रेटरीमा क.अनिल, जवस इन्चार्जमा क. जयपुरी घर्ती मगर सेक्रेटरीमा क. तिलक परियार, अवध इञ्चार्जमा क. अटल तथा सेक्रेटरीमा क. शिलु, भोजपुरा इञ्चार्जमा क. राम आचार्य तथा सेक्रेटरीमा क. सुवास, मिथिला इञ्चार्जमा क. कृष्णदेव, सेक्रेटरीमा रोशन जनकपुरी, कोचिला इञ्चार्जमा क. समर तथा सेक्रेटरीमा क. किरण राई, किरात इञ्चार्जमा क. पदम राई, सेक्रेटरीमा क. दीपेश राई, लिम्बुवान इञ्चार्जमा क. मौसम, प्रवास इञ्चार्जमा क. लक्ष्मण पन्त, विदेश इञ्चार्ज क. मनोजलाई जिम्मेवारी दिइएको छ ।
(घ) केन्द्रीय समितिका मातहतमा विभिन्न विभागहरुको गठन गर्ने निर्णय भएको छ र तिनमा विभिन्न कमरेडहरुलाई जिम्मेवारी दिइएको छ । तदनुसार केन्द्रीय कोष तथा लेखा विभागमा क. विप्लव, अनुशासन एवम् अनुगमन विभागमा क. हर्क ब. शाही, अन्तराष्ट्रिय विभागमा क. गौरव, क. स्कुलिङ्ग विभाग तथा केन्द्रीय सल्लाहकार समितिको इञ्चार्जमा क. किरण, संयुक्त मोर्चाको इञ्चार्जमा क. गौरव तथा सह–इञ्चार्जमा क. देव गुरुङ्गलाई समावेश गरी जिम्मेवारी दिइएको छ । त्यसैगरी अर्थ तथा कानुन लगायतका अध्ययन अनुसन्धान संग सम्वन्धित विभिन्न विभागहरुको इञ्चार्जमा क देव गुरुङ्ग, दलित विभाग इञ्चार्जमा क प्रकाण्ड, महिला विभागको इञ्चार्जमा क. पम्फा, जातीय क्षेत्रीय विभागको इञ्चार्जमा क सुरेश आले, स्वास्थ्य विभागको इन्चार्जमा क रेखा शर्मा, बुद्धिजीवी विभागमा क कृष्णध्वज, शिक्षा संस्कृतिमा विभागमा नारायण शर्मा र सहिद वेपत्ता अपाङ्ग सम्वन्धी प्रतिष्ठानको इञ्चार्जमा क किरणलाई जिम्मेवारी दिइएको छ ।
(ङ) यही २०६९ साल पौष महिनामा महाधिवेशन सम्पन्न गर्नका लागि त्यसको तयारीसंग संबन्धित कामहरुबारे आवश्यक निर्णयहरु लिइएका छन् ।
(च) केन्द्रीय कार्यलय सचिवको जिम्मा क प्रशान्तलाइ दिइएको छ ।
५– संघर्षबारे निम्न अनुसारका निर्णयहरु लिइएका छन्
गोलमेच सभा, अन्तरिम संयुक्त सरकार र अग्रगामी राजनीतिक निकासको पक्षमा आधार तयार पार्नका लागि संघर्ष संगठित गर्ने ।
राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नमा प्रचारात्मक संघर्षको अभियान चलाउने ।
मलखाद, पेट्रोलियम पदार्थ लगायत जनजीविकाका जल्दाबल्दा समस्याहरुलाई लिएर संघर्ष सञ्चालन गर्दै जाने ।
भ्रष्टाचारको भण्डाफोर गर्दै भ्रष्ट तत्वहरुका विरुद्ध प्रतिरोध संघर्ष सञ्चालन गर्ने ।
६– गोलमेच सभा, अन्तरिम संयुक्त राष्ट्रिय सरकार र अग्रगामी राजनीतिक निकासबारे विभिन्न राजनीतिक पार्टी आन्दोलनकारी सामाजिक समुदाय नागरिक समाज आदि संग वार्ता तथा संवाद गर्ने ।
७– राष्ट्रियता जनतन्त्र तथा मलखाद, पेट्रोलियम पदार्थ, महंगी लगायतका जनजीविकाका समस्याहरुलाई लिई आन्दोलन संगठित गर्नका लागि देशभक्त, गणतन्त्रवादी, वामपन्थी शक्ति तथा विभिन्न जनवर्ग एवम् समुदायका प्रतिनिधिहरुसंग संयुक्त मोर्चा तथा कार्यगत एकतालागि पहल गर्ने ।
मितिः १४ असार, २०६९

 

राम बहादुर थापा (बादल)                                                                                मोहन वैद्य ‘किरण’
महासचिव                                                                                                      अध्यक्ष
नेकपा–माओवादी                                                                                          नेकपा–माओवादी

 

प्रतिक्रिया