सैन्य प्रतिरोधको चेतावनी

इस्तानबुल, १३ असार । सिरिया र टर्कीबीचको सीमाक्षेत्रबाट आºनो सुरक्षामा खलल पुग्ने देखे सिरियाविरुद्ध सैन्य प्रतिकारमा उत्रने चेतावनी टर्कीले दिएको छ । उसले सिरियाली फौजलाई सीमावर्ती क्षेत्रतर्फ अग्रसर नहुन सचेत गराएको छ ।
सिरियाले आºनो आकाशमा अवैधानिक ढंगले प्रवेश गरेको भन्दै टर्कीको युद्धक विमान खसालेको चार दिनपछि मंगलबार टर्कीस प्रधानमन्त्री रेसिम तायिप इर्डोगनले यस्तो चेतावनी दिएका हुन् । सिरियाली कदमविरुद्ध अमेरिकालगायत नेटोले टर्कीको पक्ष लिएपछि हौसिएका इर्डोगनले यस्तो चेतावनी दिएका हुन् ।
भू–मध्य सागरमाथि सिरियाले टर्कीको विमान खसालेको थियो । यस विषयमा ब्रसेल्समा नेटोका अधिकारीहरूको बैठक चलिरहेका बेला प्रधानमन्त्री इर्डोगनलको चेतावनीमूलक भनाइ सार्वजनिक गरेका थिए । नेटोको बैठकपछि नेटो महासचिव एन्डर्स फोग रासमुसेनले सिरियाली कदम ‘अस्विकार्य’ भएको जिकिर गर्दै आफूहरू टर्कीको पक्षमा रहेको जानकारी दिएका छन् ।
टर्कीस प्रधानमन्त्रीले सिरियासँगको सैन्य सम्बन्ध पुनरावलोकन गरिएको खुलासासमेत गरेका छन् । टर्कीको सीमातर्फ उन्मुख हुने हरेक सैन्य तत्त्वबाट खतरा आइलाग्ने देखे यसलाई सैन्य तारो बनाइने चेतावनी उनले दिए । साथै उनले टर्कीको क्षमता र विवेक परीक्षण नगर्न चेतावनी दिँदै आºनो मुलुकलाई कसैले चुनौती दिन नसक्ने प्रस्ट पारेका छन् । टर्कीले आºनो एफ–४ ºयान्टम जेट विमान अन्तर्राष्ट्रिय हवाइक्षेत्रमा खसाएको आरोप लगाएको छ । नि:शस्त्र तालिम तथा राडार परीक्षण अभियानमा रहेको अवस्थामा विमान झारिएको दाबी टर्कीले गरेको छ ।
देशभित्र नरसंहार मच्चाएको भन्दै सिरियाली सरकारको सर्वत्र आलोचना भइरहेका बेला सिरियाली फैजले शुक्रबार टर्कीको विमान खसालेको थियो । सिरिया र टर्कीबीचको सम्बन्ध सुमधुर रहँदै आएकामा सिरियाली राष्ट्रपति बासर अल असदविरुद्धको विद्रोह उत्कर्षमा पुगेपछि टर्कीले विद्रोहीको पक्ष लिँदै असदलाई सत्ता त्याग गर्न दबाब दिन थालेपछि दुई देशबीचको सम्बन्धमा कटुता उत्पन्न भएको थियो ।
सिरियामाथि वैदेशिक सैन्य हस्तक्षेप हुने आशंका बढिरहेका बेला सिरियाली आकाशबाट टर्कीको युद्धक विमान खसालिएको हो । अमेरिका, युरोपेली राष्ट्र र अरब लिग सिरियाको विपक्षमा रहे पनि रूस र चीनले भने सिरियाली सरकारलाई सहयोग गर्दै आएका छन् । केही साताअघि रूसले बाह्य आक्रमणबाट सिरियालाई जोगाउन भन्दै उसलाई क्षेप्यास्त्र निरोधक प्रणाली उपलब्ध गराउने जनाएको थियो । विदेशी विमान ध्वस्त गर्ने र पानीजाहज डुबाउने क्षमता सिरियालाई दिलाउन क्षेप्यास्त्र निरोधक प्रणाली उपलब्ध गराउन लागिएको रूसले जनाएको थियो । सिरियालाई पेन्टसिर–एस १ नामक रार्डर जडित क्षेप्यास्त्र, बुक–एम २ नामक विमानभेदी क्षेप्यास्त्र र जमिनमा राखी प्रहार गरिने बास्टियोन पानीजाहजभेदी क्षेप्यास्त्र दिने तयारी भएको रूसले जनाएको थियो । यस्तो अवस्थामा सिरिया र टर्कीबीच उत्पन्न हुनसक्ने तनाबबाट सो क्षेत्रको सुरक्षा व्यवस्था खल्बलिने अनुमान गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया