‘रियोको ‘बल’ले नेपालमा काम गर्दैन’


काठमाडौं, १२ असार । एमाले अध्यक्ष झलनाथ खनालले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईलाई रियोबाट ल्याएको कुनै सूचना वा ‘बल’ भएमा त्यो नेपालमा कुनै नलाग्ने बताएका छन् । उनले मुलुकको अवस्थाको हेक्का राख्न भट्टराईको ध्यानाकर्षण गराएका छन् ।
आज शिक्षण अस्पताल महाराजगन्जमा उपचारगराई रहेका कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिएपछी पत्रकारहरुसंग संक्षिप्त कुरागर्दै अध्यक्ष खनालले प्रधानमन्त्रीनै स्वयं ‘बालहठ’मा लागेको बताए ।
विपक्षी दलहरुलाई ‘बालहठ’को संज्ञा दिएको व्यङग्यमा खनालले भने, ‘कामचलाउ प्रधानमन्त्रीले सरकार टिकाउन खोज्नुनै ‘बालहठ’ हो ।’
उनले भने, ‘मुलुक गम्भीर राजनीतिक र संबैधानीक संकटमा परेका बेला राष्ट्रिय सहमति वनाउनु पर्नेमा भट्टराईले आफैले ‘बालहठ’ प्रर्दशन गरी बद्नाम हुने काम किन गर्नुभएको छ ?’
पौडेलसँगको भेटमा मुलुकलाई बर्तमान संकटबाट निकाश दिने बिषयमा पनि संक्षिप्त कुराकानी भएको थियो ।

प्रतिक्रिया