आमा सहित ३ जनाको मृत्यु

चरीकोट, ११ असार । दोलखा जिल्लाको जफे–९, ढोली खोला नजिकै गैरीमुदी–१ की ३५ वर्षीया बालकुमारी तामाङ सहित उनका एक छोरा र छोरीको शव फेला परेको छ ।
दक्षिणी गाविस गैरीमुदीका एकै परिवारका उनीहरुको शव तामाकोसी नदी किनारमा आज फेला परेको हो ।
गर्भवती अवस्थामा रहेकी तमाङलाई छिमेकी किरण बुढाथोकीले अबैध यौन सम्पर्क राखेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी भनाई छ । सोही कारण उनको हत्या भएको प्रहरी अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक गोविन्द झाका अनुसार तामाङका ७ वर्षीय छोरा धावादोर्जे र ३ वर्षीया छोरी निमा तमाङ रहेका छन् ।
तीनै जनाको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत्तक बालकुमारीलाई काठमाडौं लैजाने भन्दै त्यहाँ लगेर किरणले नै परिवारको सामूहिक हत्या गरेको हुन सक्ने प्रहरी दाबी छ ।
अभियुक्त किरण फरार भएको प्रहरीले जनाएको छ । मृत्तक बालकुमारीका पतीको एक बर्ष अघि नै मृत्यु भएको थियो ।

प्रतिक्रिया