अमरलाई मृत्युदण्डबाट बचाउन अपील

काठमाडौं ११ असार । अमर बचाउ अभियानले दुवईकोे जेलमा मृत्युदण्डको सजाय भोगिरहेका अमरबहादुर बमको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग अपील गरेको छ ।
रोजगारीका सिलसिलामा दुवई पुगेका अमरलाई इण्डियन सोसल क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्यामा संलग्न भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो । अभियानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनको जीवन रक्षाका लागि अपील गरेको हो ।
सेठ्ठीको हत्यामा अमरलाई थाहै नदिई सवारी चालकका रुपमा प्रयोग गरिएको र सरकारी काम काजको भाषा अरबी समेत उनलाई नआएका कारण निर्दोष सावित गर्न नसकेको आफन्तले जनाएका छन् ।
अदालती प्रकृयामा आप्mना कुराहरु राख्न नपाउँदा अमर निर्दोष हुँदाहुँदै पनि मृत्युदण्डको सजाय भोग्न बाध्य पारिएको दाबी आफन्तको छ ।
भूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशीले निर्दोष नेपाली नागरिक अमर बमलाई फसाईको स्पष्ट भैसकेको उल्लेख गरे । उनले अमरलाई मृत्युदण्डबाट बचाई रिहाई गराउन आप्mनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एनआरएनका महासचिव तेञ्जी शेर्पाले नेपाल सरकारका तर्फबाट सहयोग र समन्वयको अभावले अमर निर्दोष हुँदा हुँदै पनि कानूनी कठघरामा उभिएको दाबी गरे ।
२००३ जनवरी २५ मा भारतीय नागरिकहरु मनोज मुदना, करन सिंह र स्मद कुलतसंगै पक्राउ परेका अमरलाई सवारी चालकको रुपमा काम गरेको भन्दै दुवई अदालतले मृत्यृदण्ड दिने फैसला सुनाएको थियो ।

प्रतिक्रिया