फरासिली आरती


आरती सुन्दास सानी छिन् तर रमाइली छिन् । प्राय: हाँसिरहन्छिन् । ठूलालाई आदर र सानालाई माया गर्न पनि उनलाई सिकाउनै पर्दैन । आठ वर्षकी आरती अहिले युकेजीमा पढ्दै छिन् । ललितपुरको कुपन्डोलस्थित प्रगति शिक्षा सदनमा अध्ययन गर्छिन् ।
उनको खास घरचाहिँ रामेछाप जिल्लाको पात्लेमा पर्छ, उनी त्यहीँ जन्मिएकी । पछि बुबा मोतीलाल र आमा शर्मिलासँगै काठमाडौं आएकी हुन् । काठमाडौंमा आएर नै उनले क, ख, ग र ए, बी, सी सिकेकी हुन् । उनका बुबा व्यापार गर्नुहुन्छ अनि आमाचाहिँ घरमै बस्ने । आमाबुबा र भाइसँगै बस्छिन् उनी । उनको भाइ अरुण चार वर्षका भए । भाइलाई खुब माया गर्छिन् उनी । स्कुल लैजाने, ल्याउने आफैँ गर्छिन् । मामाघरकी हजुरआमासँग उनी एकदम नजिकिन्छिन्, हजुरआमासँग बस्न मन पर्छ रे †
बिहान सबेरै उठेपछि उनको नित्य काम सुरु हुन्छ । सरसफाइ सकेर होमवर्क गर्न थाल्छिन् । १० बजेदेखि ३ बजेसम्म त स्कुलमै बित्छ । स्कुल नजिकै भएकाले हिँडेरै जान्छिन् । पढाइमा उनको खास रुचि छ । एलकेजीबाट युकेजीमा जाँदा उनले ९५ प्रतिशत ल्याएकी थिइन् । चञ्चले र जिज्ञासु स्वभाव छ आरतीको । आरतीलाई नाच्न पनि आउँछ । अनि लोकगीत पनि गाउँछिन् । उनका साथी धेरै छन् । भन्छिन्– ‘मलाई अरूलाई दु:ख नदिने साथी मन पर्छ ।’

प्रतिक्रिया