दाङमा दुईको मृत्यु

दाङ, ९ असार । लामो समय पछि परेको बर्षाका कारण आएको भेलले बगाउँदा दाङमा एक जनाको मृत्यु भएको छ । दाङको बबई नदीले बगाउदा लक्ष्मीपुर–१, गैह्राखुटीका ५६ बर्षीय तिलक बुढाथोकीको मृत्यु भएको हो ।
लक्ष्मीपुरकै झिंगैमा रहेका आफन्तको घरबाट फर्कदै गर्दा नदी तर्ने क्रममा बुढाथोकीलाई बबईले बगाएको स्थानीयवासीले बताएका छन् ।
यसैवीच आजै दाङमा एक जना मृत्त अवस्थामा फेला परेका छन् । मानपुर–४ निवासी २६ बर्षीय चैतु चौधरी डुरुवा–५, पहरुवाको सडक छेउ नालामा फेला परेका हुन् ।
चौधरीको शरीर भरि निलडाम भएकाले उनको हत्या भएको हुन सक्ने प्रहरी निरीक्षक मदन थापाले बताए ।

प्रतिक्रिया