सहमति भए कांग्रेस नेतृत्वमा सरकार बन्छ

काठमाडौं, ९ असार । एकीकृत माओवादीका नेता लोकेन्द्र विष्टमगरले सहमति भए प्रधानमन्त्रीले तत्काल पदत्यागेर कांग्रेस नेतृत्वमा सरकार निर्माण गर्न तयार रहेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले संघीयता, संविधानसहित प्याकेजमै सहमति भए एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीलाई पदत्याग्न राजी गराउने बताए । उनले भने, ‘सहमति नभई मुलुकलाई दुर्घटनामा पार्न प्रधानमन्त्रीले राजीनामा गर्दैनन् ।’
पार्टी फुटाएर बनेको मोहन बैद्य नेतृत्वमो नेकपा, माओवादी खुल्ला राजनीतिमा गए मोहन विक्रमकै पार्टी सरह बन्ने चेतावनी दिएका छन् । उनले जनविद्रोह र क्रान्तिमा गए बर्मा र मलायको कम्यूनिष्ट पार्टी जस्तै बैद्यको माओवादी बन्ने दाबी गरे ।
कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले प्रधानमन्त्री बाबुराम भट्टराईले ब्राजिलबाट फिर्ता भए लगत्तै पद नछाडे राष्ट्रपतिले निकाल्ने दावी गरे ।
उनले प्रधानमन्त्री भट्टराई नेतृत्वमा निर्वाचन हुनै नसक्ने बर्ताका छन् ।
नेता महतले कांग्रेस भित्र बरिष्ठ नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने सहमति भईसकेको दाबी गरेका छन् ।
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संघीयता सहितको संघीयतामा सहमति भएमात्र प्रधानमन्त्रीले राजीनामा दिने अन्यथा नदिने बताएका छन् ।

प्रतिक्रिया