फिल्ममै जम्ने लक्ष्य

रेन थापा अहिले १९ वर्षकी मात्र भइन् । जन्मथलो धरानबाट मोडलिङ सुरुवात गरेकी थापाले ७ वटा म्युजिक भिडियो र ब्ल्याक मेल, नबोले’नि हाँसिराख न जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् । सानैदेखि नायिका बन्ने सोख रहेकाले मोडलिङमा लागेको उनले सुनाइन् । भन्छिन्, ‘आफ्नो भविष्य आपैँmले बनाउने हो, सक्दो संघर्ष गर्नैपर्छ ।’
त्यसो त यो रंगीन क्षेत्रमा फेस गर्नुपर्ने जोखिम पनि प्रशस्तै रहेको उनलाई लाग्छ । अभिनयका बहानामा आर्थिक एवं शारीरिक शोषणको सम्भावना पनि हुन्छ रे † त्यस्तासँग त कामै गर्नु नपरे हुन्थ्यो जस्तो उनलाई लाग्दो रहेछ । भन्छिन्, ‘त्यस्ता मान्छेले कलालाई इज्जत गर्न नजानेका र चलचित्र उद्योगलाई नबुझेका हुनुपर्छ ।’
सेक्सलाई चाहिँ उनी प्रकृतिप्रदत्त ‘औषधि’ मान्छिन् । तर, यसलाई सही सम्बन्ध र सही उमेरमा मात्र प्रयोग गर्नुपर्ने उनलाई लाग्छ । ‘नत्र त यो औषधि होइन, विष हुन सक्छ’, उनले भनिन् । के उनले चाहिँ सेक्सको अनुभव लिइसकिन् त ? लजाउँदै भनिन्, ‘मेरो उमेरै कहाँ भएको छ र ?’ सुन्दर अनुहार, आकर्षक भंगिमा अनि सुहाउँदो शारीरिक बान्कीकी थापालाई प्रेमप्रस्तावको ओइरो पनि गतिलैसँग आउँछ रे † तर, अहिलेसम्म कसैलाई पनि ओके गरिसकेकी रहिनछिन् । आत्मनिर्भर भएर आफ्नो खुट्टामा उभिन सकेपछि मात्रै प्रेमतिर ध्यान दिने उनको सोचाइ रहेछ । अहिलेचाहिँ उनको लक्ष्य एउटै छ– ‘नेपाली चलचित्र क्षेत्रकी स्थापित नायिका भएर देखाउने ।’

प्रतिक्रिया