पशुअधिकारकर्मीको तारोमा किम

हलिउड अभिनेत्री किम कदर्शियन र पशु अधिकारकर्मीबीच चर्काचर्की परिरहन्छ । केही समयअघि जनावरको भुत्लाबाट बनेको लुगा लगाएपछि पशुअधिकारकर्मीले उनको आलोचना गरे । किमले सापको छालाबाट बनेको जुत्ता लगाएपछि पशुअधिकारका पक्षमा आवाज उठाउने संस्था पेटाले उनको आलोचना गरेको हो ।
केही दिनअघि आफ्ना र्‍यापल ब्वाइफ्रेन्ड कान्ये वेस्टसँग पेरिसमा सपिङ गर्न जाँदा उनले पाइथनको छालाबाट बनेको बुट लगाएकी थिइन् । यसबाट पेटाका सदस्यहरू किमप्रति रुष्ट बनेका छन् । फेसन प्रदर्शन गर्ने बहानामा किमले पशुको अधिकार उल्लंघन गरेको र जनावरको छालाबाट बनेका पहिरन लगाएर उनले अनैतिक काम गरेको आरोप पेटाका अधिकारीहरूले लगाएका छन् । (एजेन्सी)

प्रतिक्रिया