खोजखबर

यसरी मिल्छ शान्ति

सौर्य अनलाइन २०६९ असार ९ गते २:१५ मा प्रकाशित

प्रश्न खडा हुनसक्छ, ‘घन्टा दुई घन्टासम्म चेतना आएन भने के गर्ने ? यो गुञ्जरण क्रियाका माध्यमबाट जो ध्यान लाग्दछ, चौबीस मिनेटभन्दा बढी अवधिको हुँदैन । जब घन्टा/दुई घन्टा वा बढी ध्यान लाग्छ, त्यो समाधिको अवस्था हो । तपाईंं गुञ्जरण गरेर हेर्नुस्, पूरा दिन अत्यन्त आनन्दका साथ व्यतीत भएको पाउनुहुनेछ । कुनै तनाव हुनेछैन । दिमाग यति स्वस्थ रहनेछ कि तुरुन्त निर्णय लिन सक्ने क्षमताको विकास हुनेछ । जसले जे सोध्यो त्यसको आसय बुझेर तुरुन्त जवाफ दिन सकिनेछ । चौबीस मिनटमै ‘माइन्ड’ स्वयंमा पूरा ‘रिल्याक्स्ड’ हुनेछ । तपार्इंको चेहरामा ओज र चमक बढ्नेछ । तपाईंंले बोलेको कुरा कसैले काट्नै सक्दैन । यस्तो तेज यही ध्यानको माध्यमबाट आउने हो । यसले रोग मेटाउँछ र शरीरलाई पूर्णता दिन्छ । यो ‘थटलेस माइन्ड’ बनाउने सोझो क्रिया हो ।
यो ध्यान प्रक्रियाको अभ्यास निरन्तर हुन्छ । नित्य गर्नुपर्‍यो, बीचमा रोक्नु हुँदैन । चौबीस मिनेटसम्म गर्नुपर्दैन । दस–पन्ध्र मिनेटसम्म गरे पनि हुन्छ । केवल पन्ध्र, बीस दिनको निरन्तर गुञ्जरण अभ्यासपछि प्राप्त आनन्दको अनुभव तपाईंं आफैँलाई हुनेछ । यस्तो अभ्यास हुँदै गएपछि खाँदा, पिउँदा, बस्दा निरन्तर गुञ्जरण भइरहन्छ । यही गुञ्जरण नै तपाईंमा आफसेआफ ब्रह्मत्व साक्षात्कार हुने पहिलो सिँढी हो । यसको अन्तिम सिँढी हो ‘समाधि’ । जसलाई क्रियायोगको उच्चतम अवस्था भनिन्छ । यी सारा क्रियात्मक पक्ष हुन् । परन्तु यसको निरन्तर चिन्तन प्रक्रियामा लाग्न धोती, उदात्त शंख, एकमुखी रुद्राक्ष जरुरी छ । तपाईं प्रयोग गरेर हेर्नुस्– तापको बीचमा बस्यो भने जरुर गर्मी हुन्छ तर बीचमा शंख राखिदियो भने तपाईंलाई शान्त अनुभव हुन्छ ।
क्रियायोग पूरा गरेपछि सिद्धाश्रमको पहिलो कदम अघि बढ्छ । त्यसपछि गुरुको औँलाको साहाराबाट सिद्धाश्रम पुगिन्छ । त्यही सिद्धाश्रम जो स्वयंमा पूर्णत्वको प्रतीक मानिएको छ । पूर्वज र स्वयं आफ्नो जीवनको पुण्य उदय भएपछि मात्रै यस्तो अवसर उत्पन्न हुन्छ, जसको माध्यमबाट यस्तो दीक्षा प्राप्त गर्न सकिन्छ, यसैबाट पूर्णता र सफलता प्राप्त गर्न सकिन्छ । यसकारण सिद्धाश्रमको दीक्षा महत्त्वपूर्ण मात्र होइन, दुर्लभ छ । क्रियायोगको समापन सिद्धाश्रम प्रवेशपछि मात्र हुन्छ ।
यो दीक्षा गुरुले दिन्छन् र यसैबाट जीवनमा चाँडोभन्दा चाँडो धारणा, ध्यान र समाधिको समागम हुन सकोस्, जीवनमा चिन्तन आउन सकोस् । भगवान् श्री कृष्ण सान्दिपनीको आश्रममा बसेर दाउरा काट्थे, खाना पकाउँथे, गाई चराउँथे । आफ्नो शिक्षा पूरा नहुन्जेल यो काम गरिरहे । यो सेवाको एउटा रूप हो । यद्यपि, उनी पूर्ण योगेश्वर थिए, कृष्ण थिए, जन्मको समयमा नै ईश्वरका पूर्ण अंश थिए, परन्तु उनले सेवा र समर्पणलाई आत्मसात् गर्नैपर्‍यो । उनलाई सान्दीपनीको आश्रममा यी सबथोक गर्नु जरुरी नभए पनि यो अवस्थासम्म पुग्नका लागि केवल यही मात्र बाटो हो– जसलाई ‘सेवा’, ‘समर्पण’ भनिन्छ ।
अनुवाद– शिव ढकाल
निखिलमन्त्र विज्ञान पत्रिकाबाट

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय