जातिवादी एनजिओप्रति कड्किए डा.महत

काठमाडौं, ८ असार । कांग्रेस केन्द्रीय सदस्य डा.रामशरण महतले गैरसरकारी क्षेत्रलाई लोकतान्त्रिक पद्धति र विधिअनुसार सञ्चालन गर्नुपर्ने बताएका छन् ।
लोकतान्त्रिक गैरसरकार संस्था महासंघले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले भने, ‘अहिले मुलुकमा विदेशी दातृ निकायले विभिन्न जातजातिको अनुसन्धान र विश्लेषण गर्ने नाममा जातजातिका बीच फुटको राजनीति गरेका छन् ।’
विदेशी दातृ निकाय र गैरसरकार संस्थाहरुले फूटको राजनीति गर्ने परम्परालाई अगाडि बढाएको आरोप लगाउदै डा. महतले त्यसतर्फ चनाखो हुनुपर्ने बताए ।
पछिल्लो समय एनजिओ र आईनजिओका कारण मुलुकमा जातीय राजनीतिले पश्रय पाएको आरोप लागी रहेका समयमा कांग्रेस नेता डा.महतले उनीहरुलाई सचेत गराएका हुन् ।

प्रतिक्रिया