निर्वाचन संभव छैनः सभापति कोइराला


काठमाडौं, ७ असार । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मंसिर ७ मा कुनै पनि हालतमा संविधान सभाको निर्वाचन सम्भव नहुने बताएका छन् ।
लीला नेपालद्वारा रचित “चुकेनन् योद्धाहरु” नामक गीति एल्वमको आज राजधानीमा विमोचन गर्दै उनले निर्वाचनको घोषणा नै विधि सम्मत् नभएको बताए ।
दलहरुबीच सहमतिको विकल्प नरहेको भन्दै कोइरालाले राष्ट्रिय सहमतीय सरकार बनाएर अघि बढेपछि मात्रै अन्य प्रक्रिया सहज हुने उल्लेख गरे ।
कार्यक्रममा पार्टीका विभिन्न क्षेत्रमा रहेर योगदान पुराएकाहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया