सेनाका लप्टनको मृत्यु

वीरगन्ज, ७ असा । बाराको अमलेखगन्जमा मोटरसाइल दुर्घटनामा परेर नेपाली सेनाका एक जना लप्टनको मृत्यु भएको छ ।
दुर्घटनामा सेनाका एक सिपाही पनि गम्भीर घाइते भएका छन । अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपो अगाडि रोकी राखेको ना २ ख १८११ नम्बरको ट्रकमा लु १० प ३००२ नम्बरको मोटरसाइकल ठोक्कीदा नेपाली सेनाका लप्टन संयोग योगहाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका लप्टन अमलेगन्ज आयल निगम डिप्पाको सुरक्षार्थ खट्टिएका थिए । लप्टन योगहाङ भक्तपुर कटुन्जे–१ का स्थायी वासिन्दा हुन ।
दुर्घटनामा मोटरसाइकलमा सवार सेनाका सिपाही मौसम श्री गम्भीर घाइते भएका छन् । घाइते सिपाही मौसमको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया