पत्नीको उद्धार, पति पक्राउ

बुटवल, ७ असार । पतिको यौनदुव्र्यवहार र कुटपिटबाट पीडित एक महिलालाई प्रहरी र अधिकारकर्मीले उद्धार गरेको छ ।

बुटवल–८ अमरपथमा सुनचाँदी पसल सञ्चालन गरिरहेका चन्द्रमान गहतराजकी पत्नी २६ वर्षीया अञ्जुलाई अधिकारकर्मीको पहलमा इलाका प्रहरी कार्यालय बुटवलले उद्धार गरेर अस्पताल पुर्‍याएको हो ।
पीडितले ३६ वर्षीय पति चन्द्रमानबाट यौनजन्य हिंसा, दुव्र्यवहार र कुटपिट सहँदै आएकी थिइन् । पीडितको शरीरभर नीलडाम थियो । उनले पतिविरुद्ध बुधबार बिहान राष्ट्रिय मानवअधिकार आयोगको बुटवलस्थित उपक्षेत्रीय कार्यालयमा निवेदन दिएकी छन् । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चन्द्रमानलाई पनि पक्राउ गरेको छ ।
पाल्पा बुढीकोट चिदीपानीकी अञ्जु र बुटवलमा सुनचाँदी व्यवसाय गर्ने चन्द्रमान गहतराजबीच माघ ०५९ मा अन्तरजातीय विवाह भएको थियो । चन्द्रमानले यसअघि पनि दुईपटक विवाह गरेको पाइएको छ । यसअघिका पत्नी कुटपिट र दुव्र्यवहारमा परेको छिमेकीले बताए । पहिली पत्नीले दुव्र्यवहार सहन नसकेर छाडेर गएको र दोस्रो पत्नीले आत्महत्या गरेको पाइएको छ । उनकी सात वर्षीया एक छोरी छन् भने अघिल्ली पत्नीतर्फ १८ वर्षका एक छोरा छन् ।
विवाह भएका सुरुका वर्षमा राम्रो व्यवहार गरे पनि पछि दुव्र्यवहार र कुटपिट गर्ने गरेको पीडितले बताइन् ।
चन्द्रमानकै परिवारले संरक्षण गर्ने र हेरचाह गर्ने प्रतिबद्धता जनाएपछि प्रहरीले पीडितलाई बुधबार बेलुका नै चन्द्रमानका भाइहरू राजु र रमेशलाई जिम्मा लगाएको छ । दाजुले गल्ती गरेको स्विकार्दै उनीहरूले अब भाउजूलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् ।
आफूलाई पतिले दिनहुँ कुटपिट गर्ने, कपाल काटिदिने, संवेदनशील अंगमा घोच्ने, अश्लील चित्र खिच्ने र त्यसैका आधारमा थप यातना दिनेलगायत दुव्र्यवहार गर्ने गरेको पीडितले बताइन् । पतिले ललाईफकाई १ असारमा पाल्पा पुर्‍याएर छोडपत्र गर्न बाध्य बनाएको उनले बताइन् । छोडपत्रपश्चात पनि आपैँmले राख्ने नाटक गरेको र त्यसपछि निरन्तर यातना दिँदै आएको पीडितले बताइन् ।

प्रतिक्रिया