बैद्य पक्ष अराजकतावादी झुण्डः दाहाल

काठमाडौं, ६ असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मोहन बैद्यद्वारा नेतृत्व गरिएको नेकपा, माओवादीलाई विवेकले नभएर आवेगले चल्ने निम्न पूँजीवादी अराजकतावादी झुण्डमात्र रहेको आरोप लगाएका छन् ।
‘आफैंलाई राष्ट्र र जनताप्रति अत्यन्त गैह्र जिम्मेवार, फुटपरस्त, पूर्वाग्रही, एवम् विवेकले नभएर आवेगले चल्ने निम्न पूँजीवादी अराजकतावादी झुण्डमात्र सावित गरेको छ,’ दाहालले भनेका छन्, ‘केन्द्रीय एकता अधिवेशनद्वारा पारित माओवाद/विचार लगायतको आधारभूत नीति र एकीकृत नाम बदल्ने काम महाधिवेशन बाहेक अरुले गर्न खोज्नु साध्य र साधनका एकता सम्बन्धी माक्र्सवादी मान्यताको खिल्ली उडाउनु मात्र हो ।’
उनले पार्टी अझ एकताबद्ध भएर जानु पर्नेमा नयाँ पार्टी घोषणा गरेर जाने प्रवृत्तिले आफूलाई गम्भीर आघात पुराएको बताए ।
बैद्य समूहले नेकपा, माओवादी घोषणा गरेको दोस्रो दिन विज्ञप्ति जारी गरेर अध्यक्ष दाहालले एमाओवादीको फुटले देशभित्र र बाहिरका प्रतिक्रियावादी एवम् अवसरवादी तत्वहरुलाई मात्र खुशी तुल्याएको आक्षेप लगाएका छन् ।
उनले महाधिवेशनसम्म एकताबद्ध भएर जान राखेको प्रस्तावलाई बैद्य समूहले पूरै वेवास्ता गरेको दाबी गरेका छन् । विधि र प्रक्रियाका सम्पूर्ण स्थापित मान्यताहरुलाई मिचेर बैद्य समूहले कथित राष्ट्रिय भेलाद्वारा गर्नै नमिल्ने र गर्न नसकिने निर्णय एवं घोषणा जवरजस्ती थोपरेर गरेको बताएका छन् ।
‘अन्तरसंघर्षका क्रममा पार्टीले लगाउँदै आएको वैचारिक रुपले यान्त्रिक संकीर्ण र जडसूत्रवादी, राजनैतिक रुपले ‘वामपन्थी’ लफ्फाजी सहितको विसर्जनवादी र संगठनात्मक रुपले अराजकतावादी विचलनको आरोपलाई बैद्य समूहको यो घोषणाले पुष्टिमात्र गरेको छ,’ विज्ञप्तिमा भनिएकोछ, ‘अस्पष्ट र अकमणर््य रही आफैंलार्ई विसर्जनवादी, प्रकारान्तरले प्रतिक्रान्तिलाई नै सहयोग पुराउने भयानक भूलमात्र गरिहनुभएको छ ।’
अध्यक्ष दाहालले पार्टी, क्रान्ति, राष्ट्र र जनताप्रतिको आफ्नो गैह्र जिम्मेवार, फुटपरस्त र विसर्जनवादी कथित राष्ट्रिय भेलालाई विजयको संज्ञा दिनु निम्नपूँजीवादी आत्मरती सिवाय अरु केही हुन नसक्ने बताएका छन् ।
उनले वैद्य पक्षले भनेको जन–युद्धको र जन–विद्रोहको कुरालाई हाँस्यास्पद वितण्डाको संज्ञा दिएका छन् ।
‘अहिले नै पार्टीले यति मात्र स्पष्ट गर्दछ कि मोहन वैद्य पक्षको घोषणाले जन–युद्ध र जन–आन्दोलनका सम्पूर्ण सकारात्मक उपलब्धिहरुलाई निषेध गर्न खोजेको छ,’ दाहालले भनेका छन्, ‘वैद्य पक्षको वितण्डतावादी र विसर्जनवादी भ्रममा नपरी दृढतापूर्वक अगाडि बढ्न अपील गर्दछु ।’
बैद्य पक्षले अलग पार्टी बनाए पछि एमाओवादीले सो विषयमा आज आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

 

 

प्रेस वक्तव्य
यही आषाढ ५ गते २०६९ का दिन आफ्नो पक्षको कथित राष्ट्रिय भेलाद्वारा पारित प्रस्तावभन्दै लामो समयदेखि पार्टीभित्र भिन्न विचार समूहका रुपमा गतिविधि गर्दै आएको क.मोहन वैद्य (किरण) द्वारा नेतृत्व गरिएको समूहले आफैलाई एकीकृत ने.क.पा.(माओवादी) बाट अलग भएको औपचारिक र सार्वजनिक घोषणा गरेको छ । सिंगो पार्टी र नेतृत्व, पहिचानसहितको संघीयता लगायत परिवर्तनका पक्षमा यथास्थितिवादी, प्रतिक्रियावादी र संशोधनवादी तत्वहरुका विरुद्ध दृढतापूर्वक संघर्ष गरिरहेको देशको विद्यमान तरल राजनैतिक परिस्थितिमा पार्टी अझ एकताबद्ध भएर जानु पर्दछ भन्ने आम जनसमुदाय एवम् क्रान्तिकारी पंक्तिलाई यो घोषणाले गम्भीर आघात पु¥याएको छ भने देशभित्र र बाहिरका प्रतिक्रियावादी एवम् अवसरवादी तत्वहरुलाई मात्र यसले खुशी तुल्याएको छ । जन–चाहना समेतलाई ध्यान दिई पार्टी नेतृत्वले आजको संगीन र संवेदनशील राष्ट्रिय परिस्थितिमा पार्टीबाट अलग नहुन बरु वैचारिक, राजनैतिक र सांगठनिक लगायतका सबै विषयमा पुन छलफल र समीक्षा गरी नया“ निस्कर्षमा पुग्न कम्तिमा केन्द्रीय समिति, राष्ट्रिय सम्मेलन वा महाधिवेशनसम्म एकताबद्ध भएर जान राखेको प्रस्तावलाई पूरै वेवास्ता गरी विधि र प्रक्रियाका सम्पूर्ण स्थापित मान्यताहरुलाई मिचेर कथित राष्ट्रिय भेलाद्वारा गर्नै नमिल्ने र गर्न नसकिने निर्णय र घोषणा जवरजस्ती थोपरेर क. किरणद्वारा नेतृत्व गरिएको समूहले आफैंलाई राष्ट्र र जनताप्रति अत्यन्त गैह्र जिम्मेवार, फुटपरस्त, पूर्वाग्रही, एवम् विवेकले नभएर आवेगले चल्ने निम्न पू“जीवादी अराजकतावादी झुण्डमात्र सावित गरेको छ । केन्द्रीय एकता अधिवेशनद्वारा पारित माओवाद÷विचार लगायतको आधारभूत नीति र एकीकृत नाम बदल्ने काम महाधिवेशन बाहेक अरुले गर्न खोज्नु साध्य र साधनका एकता सम्बन्धि माक्र्सवादी मान्यताको खिल्ली उडाउनु मात्र हो ।
अन्तरसंघर्षका क्रममा पार्टीले लगाउ“दै आएको वैचारिक रुपले यान्त्रिक संकीर्ण र जडसूत्रवादी, राजनैतिक रुपले ‘वामपन्थी’ लफ्फाजी सहितको विसर्जनवादी र संगठनात्मक रुपले अराजकतावादी विचलनको आरोपलाई क. किरण समूहको यो घोषणाले पुष्टिमात्र गरेको छ । राष्ट्रिय भेलाद्वारा पारित भनिएको प्रस्तावमा पार्टी नेतृत्वलाई लगाइएका आरोपहरुको श्रृङ्खला हेर्दा हिजो जनयुद्ध कालका सबै वैचारिक, राजनैतिक निर्णयहरु जसले आजको परिवर्तनलाई सम्भव तुल्याए ती सबैलाई उल्टयाएर वहा“हरुले वस्तुतः र अन्ततः इतिहासका सम्पूर्ण सकारात्मक उपलब्धिको निषेध गर्ने तथा के गर्नु पथ्र्यो र के गर्नु पर्छ भन्ने कुरामा अस्पष्ट र अकमणर््य रही आफैंलार्ई विसर्जनवादी, प्रकारान्तरले प्रतिक्रान्तिलाई नै सहयोग पु¥याउने भयानक भूलमात्र गरिहनुभएको छ । पार्टी, क्रान्ति, राष्ट्र र जनताप्रतिको आफ्नो गैह्र जिम्मेवार, फुटपरस्त र विसर्जनवादी कथित राष्ट्रिय भेलालाई विजयको संज्ञा दिनु निम्नपू“जीवादी आत्मरती सिवाय अरु केही हुन सक्तैन । पूर्व ने.क.पा.(माओवादी)को २०५७ को राष्ट्रिय सम्मेलनको कार्यदिशा सम्बन्धि संश्लेषणबाट जनयुद्धले गुणात्मक फड्को मार्दै गयो, २१औं शताब्दीमा जनवादको विकास जसले पार्टीलाई नया“ वैचारिक एकताको धरातल दिएर क्रान्तिलाई नया“ उचाईमा लग्यो, चुनवाङ बैठकका निर्णय जसले सामन्ती निरंकुश राजतन्त्रको अन्त्य गर्ने ऐतिहासिक कार्यनीति सूत्रबद्ध ग¥यो, १२ बु“दे समझदारी जसले जनयुद्धको जगमा सशक्त जन–आन्दोलन सृष्टि गरि राजतन्त्रको चिहान खन्ने काम ग¥यो एवम् संविधान–सभाको निर्वाचन जसले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा ग¥यो । ती सबैलाई क. मोहन वैद्य पक्षले गलत भनी सकेपछि फेरि जन–युद्धको र जन–विद्रोहको कुरा गर्नुले हा“स्यास्पद वितण्डालाई मात्र पुष्टि गर्दछ। माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारको सार्वभौम सत्यलाई नेपालको विशिष्टतामा मौलिक एवम् सिर्जनात्मक ढंगले लागू गरी नेपाली क्रान्ति प्रक्रियालाई विजयको दिशामा अघि बढाउने हाम्रो पार्टीको मूल विशेषताबाट क.किरण समूहको विचलनले नै यो स्थिति उत्पन्न गराएको हो भन्ने कुरा पनि त्यत्तिकै स्पष्ट छ । यी समग्र वैचारिक र राजनैतिक विषयमा विस्तृत विश्लेषण र संश्लेषण पार्टीले यथास्थानमा गर्ने नै छ । अहिले नै पार्टीले यति मात्र स्पष्ट गर्दछ कि क. मोहन वैद्य पक्षको घोषणाले जन–युद्ध र जन–आन्दोलनका सम्पूर्ण सकारात्मक उपलब्धिहरुलाई निषेध गर्न खोजेको छ, यसले अन्ततः महान् जन–युद्ध र जन–आन्दोलनका अमर सहिदहरु, वेपत्ता योद्धाहरु, घाइते योद्धाहरु र आम जन–समुदायकै अपमान–अवमूल्यन गरि रहेको छ । यो स्थितिमा क. मोहन वैद्य पक्षको वितण्डतावादी र विसर्जनवादी भ्रममा नपरी हाम्रो महान् तथा गौरवशाली पार्टी एकीकृत ने.क.पा. (माओवादी)को वरिपरि गोलबन्द भई अझ दृढतापूर्वक अगाडि बढ्न सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी एवम् आम जन–समुदायस“ग पार्टी हार्दिक अपिल गर्दछ ।
यसका साथै क. मोहन वैद्य पक्षको फुट परस्त र विसर्जनवादी विचलनलाई अझ उग्ररुप दिएर क्रान्तिकारी कै बीच भौतिक संघर्षको श्रृङ्खला खडा गर्ने प्रतिक्रान्तिकारी षड्यन्त्रप्रति सजग र सतर्क रहन पनि पार्टी सम्पूर्ण क्रान्तिकारी एवम् जन–समुदायस“ग विशेष अपिल गर्न चाहन्छ । क. वैद्य पक्षको फुटपरस्त र विसर्जनवादी विचलनका विरुद्ध वैचारिक संघर्षलाई ध्वंसात्मक र शत्रुतापूर्ण रुपमा होइन तथ्य र तर्कका आधारमा मित्रतापूर्ण रुपमा सञ्चालन गर्न पनि पार्टी सम्पूर्ण कमिटी र सदस्यहरुलाई विशेष आग्रह गर्दछ । गम्भीर वैचारिक र राजनैतिक संघर्षका बाबजुद क. वैद्य पक्षस“ग अझै पनि वैचारिक संघर्षकै बीचबाट रुपान्तरण सहितको एकता हा“सिल गर्न प्रयत्न गर्ने पार्टीको नीति कायम रहने छ । महाधिवेशनसम्म संवाद जारी राख्ने क. मोहन वैद्य पक्षको भनाईलाई सकारात्मक मान्दै पार्टीले वहा“हरुस“ग निरन्तर संवाद गर्ने र पुन एकताको प्रयत्न गरिरहने छ । यसका साथै राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकास“ग सम्बन्धित विषयहरुमा यथासक्य सहमति कायम गरेर अगाडि बढ्ने नीति पनि कायम रहने छ । क्रान्तिकारीहरुका बीचमा वैचारिक संघर्ष भएर अलग हुने वित्तिकै एकले अर्कालाई सबैभन्दा ठूलो दुस्मन ठान्ने र वास्तविक दुश्मनलाई मित्र मानेर उसैस“ग मोर्चा गर्ने कम्युनष्टि आन्दोलनको एउटा भयानकरोगबाट मुक्ति पाउन पनि पार्टीले यस पटक विशेष ध्यान र जोड दिन आवश्यक छ । हामी आशा सहित अपिल गर्दछौं कि क.वैद्य पक्षले यसमा गम्भीरतापूर्वक विचार गर्नेछ । क्रान्तिका लागि क्रान्तिकारीहरुको एकता अनिवार्य छ। मनोगत आग्रह–पूर्वाग्रह एवम् निषेधात्मक द्वन्दवादको प्रयोगबाट विश्व कम्युनिष्ट आन्दोलन एवम् नेपाली कम्युनिष्ट आन्दोलनमा समेत पुगेको क्षतिबाट शिक्षा लिन पनि हामी सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुस“ग विशेष अनुरोध गर्दछौं ।
अन्तमा, देशको आजको संवेदनशील राजनैतिक परिस्थितिको समूचित निकासका निमित्त राजनैतिक दलहरुका बीचमा सहमतिको विकल्प नभएको यथार्थलाई आत्मसात गरि गम्भीर वैचारिक–राजनैतिक मतभेदका बाबजुद देशको राष्ट्रिय स्वाधिनताको रक्षा गर्न, जनताको परिवर्तनको चाहना पूरा गर्न तथा समृद्ध नया नेपाल निर्माण गर्न जनयुद्ध र जन–आन्दोलनका शक्तिहरु एक हुनै पर्दछ । आजको यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न सम्पूर्ण गणतन्त्रवादी शक्तिहरुस“ग हाम्रो पार्टी विशेष अपील गर्दछ ।
६ आषाढ, २०६९
प्रचण्ड
अध्यक्ष
एकीकृत ने.क.पा.(माओवादी)

प्रतिक्रिया