मन मिले जहिले पनि तयार

काठमाडौं, ५ असार । बालापनदेखि नै मोडलिङ क्षेत्रमा लाग्ने सपना रहेछ, रेस्मा प्रसाईंको । मीठोमिठो लाग्छ किन अचेल बोलको म्युजिक भिडियोमा काम गरेपछि उनको सपनाले व्यावसायिक यात्रा समात्यो । केही वर्षअगाडिको यो म्युजिक भिडियोकै कारण उनी एकाएक चर्चामा पुगिन् । अहिले आएर केही सफलता र लोकप्रियता जम्मा गरिसकेकी छन् । तैपनि, आफ्नो सोच र जीवनशैली भने मोडलिङमा आउनुअघिका दिनभन्दा पटक्कै नबदलिएको उनी सुनाउँछिन् । तर, अहिले उनीसँग नजिकिन चाहने मान्छेचाहिँ थुप्रै हुन्छन् रे † लजालु स्वभावकी रेस्माको आँखा घुमाउने शैली जोकसैलाई चाँडै तान्ने खालको छ । त्यसैले आकर्षक क्षेत्रकी यी आकर्षक सुन्दरीलाई पछ्याउने पनि थुप्रै हुन्छन् । फोन गरेरै हैरान लाउँछन् रे † ‘फोनसम्म गरे त ठीकै छ तर कसैको त नियतै खराब हुँदो रहेछ भन्या,’ उनले भनिन्, ‘कसैकसैले त फोनमै यौनप्रस्ताव पनि राख्छन्, के गर्नु हाँसेरै टारिदिन्छु ।’

मोडलिङमा लाग्नेले आफ्नो बाटो बिर्सिंदा कहिलेकाहीँ यो क्षेत्र नै बदनाम हुने गरेको सुनेकी रेस्मा शिक्षाको कमी र देशको मोडलिङलाई हेर्ने नीतिको अभावका कारण यस्तो भएको बताउँछिन् । मौसमअनुसारको पहिरन मन पराउने रेस्माको अहिलेको पहिरनचाहिँ वानपिस हो । कारण खुलाइन्, ‘गर्मीमा हल्का पहिरन लगाउनुपर्छ क्या, मलाई मन पर्ने पनि वानपिस नै हो ।’ कालो वानपिसमा सजिएकी रेस्माले कम्मर मर्काउँदै सोधिन् पनि, ‘के म राम्री देखिएकी छैन ?’
टुपिस मात्रै अहिलेसम्म लगाएकी छैनन् रे उनले । टुपिसमा ग्ल्यामर देखिने कुरा मान्दिनन् । भन्छिन्, ‘टुपिसमा फोटो सेसन गरेका भरमा होइन, अभिनयका बलमा ग्ल्यामर क्षेत्रमा स्थापित हुने म त ।’
नृत्य तथा अभिनयमा सानै उमेरदेखि राम्रो गर्दै आएकाले कलाक्षेत्रमा भिज्न सजिलो भएको बताउने उनी अब भन्न थालेकी छन्, ‘अब त खाना खान छोड्न सक्छु, अभिनय छाड्न सक्दिनँ ।’ म्युजिक भिडियोका अलावा र्‍याम्प सो र विज्ञापन चलचित्रको पनि अनुभव बटुलिसकेकी रेस्मा सेक्सप्रति अलि खुला धारणाकी रहिछन् । भन्छिन्, ‘मन मिले जहाँ र जहिले पनि सेक्सका लागि आपत्ति छैन ।’
धनुषा ढल्केबर–२ की उनलाई स्विमिङमा पनि निकै रुचि रहेछ । एकचोटि गएपछि दुई चार घन्टा पानीमै बित्छ उनको । यी रंगीन सुन्दरीलाई प्रेमप्रस्ताव राख्ने कति होलान् ? तर, उनी आफू भने प्रेमबारे उति बोल्न चाहिनन् । भनिन्, ‘भैगो यो कुरै नगरौँ ।’

प्रतिक्रिया