क्रुर बाबु ! अन्तर्जातीय विवाह गरेको भन्दै छोरीको हत्या

जयपुर : एक रिसाहा बाबुले छोरीको टाउको काटेर गाउँभरि डुलाएका छन् । छोरीले अन्तर्जातीय विवाह गरेपछि रिसाएका ती बाबुले छोरीको हत्या गरेका हुन् ।
भारतको राजस्थानका ओमकार सिंह नाम गरेका व्यक्तिले तरबारको सहयोगले २२ वर्षीया छोरी मन्जुको टाउको काटेका हुन् । काटेको टाउको उनले गाउँभरि डुलाएको राजस्थान प्रहरीले जनाएको छ ।
मार्बलको व्यवसाय गर्ने ती व्यक्तिले तीन वर्षअघि विवाह गरेकी छोरी माइत फर्केको मौका छोपेर टाउको काटेका थिए । विवाह गरेपछि उनले छोरीलाई माइत नआउन धम्की दिँदै आएका थिए ।
राजस्थानको एक गाउँमा छोरीको काटिएको टाउको एक हातमा र अर्काे हातमा रक्ताम्मे तरबार लिएर उनी गाउँ डुलेका थिए । विवाह गरेको व्यक्तिसँगको सम्बन्ध तोड्न र माइत बस्न पटकपटक आग्रह गरे पनि छोरीले नमानेपछि हत्या गरेको बयान उनले प्रहरीलाई दिएका छन् । छोरीले समाजमा आफ्नो बेइज्जत गराएकाले रिस थाम्न नसकी हत्या गरेको उनले बताएका छन् । (एएफपी)

प्रतिक्रिया