दाङमा दुई ट्याक्टर अबैध काठ पक्राउ

दाङ, ५ असार । दाङ जिल्लामा पछिल्लो समय काठ तस्करहरुको विगविगी वढेको छ । यसै क्रममा प्रहरीले आज दुई ट्याक्टर चिरान काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प तुलसीपुरले २ ट्याक्टर अबैध काठ पक्राउ गरेको छ । हलवार–४, बनहरीबाट काठ प्रहरीले बरामद गरेको हो ।
अबैध रुपमा चोरी गरि हलवार हुँदै घोराही तर्फ ल्याउदै गरेको रा १ त ८१२, र रा १ त ४८१ नम्बरका २ ट्याक्टर काठ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको काठ र सवारी चालकलाई थप अनुसन्धान र अध्ययनका लागि इलाका वन कार्यालय धनौरीलाई बुझाइएको वेस क्याम्पका इन्चार्ज निरीक्षक सुरज पाण्डेले जानकारी दिए ।
चिरान काठ दाउरा र झिङगटले छोपेको अवस्थामा लैजादै गर्दा पक्राउ गरेको उनको भनाई छ । पक्राउ परेको काठ वन कार्यालयल समेत अबैध भएको जनाएको छ ।

प्रतिक्रिया