आचर संहिता उलंघन नगर्न एमालेको आग्रह

काठमाडौं, ५ असार । विपक्षी दल एमालेले वर्तमान कामचलाउ सरकारले निर्वाचन आचार संहिता उलंघन गरेर सरुवा लगायतका कार्य गरेको भन्दै निर्णय सच्चाउन माग गरेको छ ।
एमालेले आज विज्ञप्ति जारी गरेर निर्वाचन आचार संहिता उलंघन गरेर प्रहरी उच्च अधिकारीको सरुवा गरेको जनाएको हो ।
‘संविधानको व्यवस्था र राजनीतिक सहमतिबिना संविधानसभा निर्वाचनको घोषणा गर्ने वर्तमान कामचलाऊ सरकारले निर्वाचन आचार संंहिताको ठाडो उल्लंघन गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसक्रममा हिजो मात्र नेपाल प्रहरीका उच्च–पदस्थ अधिकारीहरुको सरुवा गरेको छ ।’
निर्वाचन आचार–संंहिता विपरित स्वेच्छाचारी ढंगले गरिएका सरुवाको विरोध गर्दै एमालेले निर्णय सच्चाउन जोडदार रुपमा माग गरेको छ ।
‘आचार संहिता विपरितका सरुवाको निर्णयलाई अविलम्ब रद्द गर्न माग गर्दछौं,’ एमालेले भनेको छ, ‘यसप्रकारका कार्यहरु आफूलाई सैह्य हुँदैन ।’

प्रतिक्रिया